बिहीबार , असोज ३ गते २०८१

वामदेव गौतम र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

वामदेव गौतम र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

अखबार दैनिक
बिहीबार , पुस २३ २०७७
  • वामदेव गौतम र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

    राष्ट्रियसभा सदस्य वामदेव गौतम र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच आज भेटवार्ता भएको छ । भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको छ ।

    images

    नेकपाभित्र विवाद हुँदा सक्रिय हुने चिनियाँ राजदूत यान्छीसँगको गौतमको भेटलाई महत्वका साथ हेरिएको छ । नेता गौतम र राजदूत यान्छीबीच बिहीबार दिउँसो काठमाडौँको नक्सालमा भेटवार्ता भएको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सीफारीसमा गत पुस ५ गते गरिएको संसद विघटन पश्चात नेपाल कम्युनिष्ट पार्टी दुई समुहमा विभाजन भएको छ । एक समुहको नेतृत्व प्रधानमन्त्री समेत रहेका कोपी शर्मा ओलीले गरेका छन् भने अर्को पुष्प कमल दाहाल पचण्ड र माधव कुमार नेपालले नेतृत्व गरेका छन् ।

    नेकपा उपाध्यक्षसमेत रहेका नेता गौतम भने दुवै समूहमा खुलेर लागेका छैनन् । उनले अझै पनि पार्टी एकतामा जोड दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ