मंगलबार, जेठ ८ गते २०८१

प्रचण्ड–नेपाल समूह छोडेर ओली नेतृत्वको नेकपातिर लागे सुदूरपश्चिमका ६ सांसद

प्रचण्ड–नेपाल समूह छोडेर ओली नेतृत्वको नेकपातिर लागे सुदूरपश्चिमका ६ सांसद

अखबार दैनिक
शनिबार, पुस १८ २०७७
  • प्रचण्ड–नेपाल समूह छोडेर ओली नेतृत्वको नेकपातिर लागे सुदूरपश्चिमका ६ सांसद

    पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समुहमा रहेका सुदूरपश्चिम प्रदेशसभाका ६ जना सांसदहरु प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा खुलेका छन ।

    images

    उनीहरूले आज दिउँसो प्रदेश पार्टी कार्यालयमा मुख्यमन्त्री तथा प्रदेश संसदीय दलका नेता त्रिलोचन भट्टले डाकेको संसदीय दलको बैठकमा गरिएको ३ वटा निर्णयमा हस्ताक्षर गर्न अस्वीकार गरी आफूहरु प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली नेतृत्वको नेकपा संस्थापनतिर रहेको प्रमाण दिएका हुन ।

    प्रदेश सभा सदस्य पठान सिंह बोहरा, लिलाधर भट्ट, गेल्बु बोहरा, महेशदत्त जोशी, नेपालु चौधरी र रतन थापाले उक्त निर्णयमा हस्ताक्षर गर्न अस्वीकार गर्नुभएको हो । बैठकमा प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको विरोध गर्दछ, फुट र विग्रहमा नलाग्न पार्टी कार्यकर्तालाई आह्वान गर्दछ र नेकपाको प्रदेश सभाका सदस्य विधानसम्मत बहुमतको पक्षमा रहेको स्पष्ट पार्दछ भन्ने ३ बुँदे निर्णय गरिएको छ ।

    बैठकमा सहभागी ३६ मध्ये बाँकी ३० जना सांसदले भने उक्त निर्णयमा हस्ताक्षर गरेको मुख्यमन्त्री भट्ट पक्षले दावी गरेको छ । सो बैठकमा नेकपा प्रचण्ड–माधव समुहका प्रदेश इन्चार्ज भीम रावलको पनि सहभागितामा थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ