शुक्रबार, मंसिर ७ गते २०८१

कारको ठक्करबाट बाघको मृत्यु

कारको ठक्करबाट बाघको मृत्यु

अखबार दैनिक
शनिबार, पुस १८ २०७७
  • कारको ठक्करबाट बाघको मृत्यु

    बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगल क्षेत्रमा कारको ठक्करले एउटा पाटे बाघको मृत्यु भएको छ । हेटौँडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले बाटो क्रस गर्दै गरेको वयस्क बाघलाई आज बिहान ७ः२० मा ठक्कर दिएको थियो ।

    images

    बारा प्रहरीका अनुसार कारको ठक्करबाट १० वर्षको पूर्ण वयस्क पाटे बाघको राजमार्गमै मृत्यु भएको हो । कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्र र बाघलाई प्रहरीले राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ ।

    मिश्रलाई हिरासतमा लिएर आवश्यक कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ