बिहीबार , असोज ३ गते २०८१

‘संसद विघटन अग्रगामी कदम हाे, मध्यावधि चुनावमा लागौँ’: बादल

‘संसद विघटन अग्रगामी कदम हाे, मध्यावधि चुनावमा लागौँ’: बादल

अखबार दैनिक
शुक्रबार, पुस १७ २०७७
  • ‘संसद विघटन अग्रगामी कदम हाे, मध्यावधि चुनावमा लागौँ’: बादल

    गृहमन्त्री राम बहादुर थापा बादलले सरकारको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रगामी कदम भएको बताएका छन् । नेकपा ललितपुरले आयोजना गरेको ललितपुर महानगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

    images

    थापाले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले घोषणा गरेको मध्यावधि निर्वाचनमार्फत आफुहरु फेरि विजयी हुने र राष्ट्र र जनताको जिम्मेवारी पूरा गर्ने बताए । थापाले आफूहरु अग्रगामी भएको बताए ।

    सत्तारुढ नेकपामा राजनीतिक विभाजनपछि ओली समूहमा पुगेका थापाले प्रचण्ड-माधव समूहको कडा आलोचना गरेका छन् । उनले अग्रगमन र प्रतिगमनसम्बन्धमा ओली समूह अग्रगामी भएको भन्दै जनताले फैसला गर्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ