बिहीबार , असोज ३ गते २०८१

आरोप पत्र फिर्ता लिए पार्टी एक हुन सक्छ : शंकर पोखरेल

आरोप पत्र फिर्ता लिए पार्टी एक हुन सक्छ : शंकर पोखरेल

अखबार दैनिक
बुधबार, पुस १५ २०७७
  • आरोप पत्र फिर्ता लिए पार्टी एक हुन सक्छ : शंकर पोखरेल

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा नेता शङ्कर पोखरेलले पुष्पकमल दाहालले पार्टीमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पेस गरेको आरोप पत्र फिर्ता लिएर निर्वाचनमा जान सहमत भए अझै पनि पार्टी एक हुन सक्ने बताएका छन् ।

    images

    बुद्ध भूमि नगरपालिकाको बरकलपुरमा आयोजित ओलीनिकट कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै उनले नेकपाभित्र अझै पनि सहमतिको सम्भावना रहेको बताएका हुन् ।

    दाहाल–नेपाल समूहले गरिरहेको आन्दोलनप्रति लक्ष्य गर्दै उनले मुलुकमा जारी विरोध आन्दोलन नभई चुनावको तयारी भइरहेको बताए ।

    संसद् विघटनको मुद्दा अब अदालतमा पुगिसकेको भन्दै मुख्यमन्त्री पोखरेलले सर्वोच्चको निर्णय सबैले मान्नुपर्ने बताए । सर्वोच्चले चुनावमा जान बाटो खोल्ने पनि उनले दाबी गरे । चिनियाँ टोलीको भ्रमणले पार्टीको अहिलेको अवस्थामा खासै फरक नपार्ने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ