सोमबार, जेठ ७ गते २०८१

आन्दोलनमा आएका उखु किसानको हृदयाघातबाट मृत्यु

आन्दोलनमा आएका उखु किसानको हृदयाघातबाट मृत्यु

अखबार दैनिक
मंगलबार, पुस १४ २०७७
  • आन्दोलनमा आएका उखु किसानको हृदयाघातबाट मृत्यु

    आन्दोलनका लागि काठमाडौँ आएका एक उखु किसानको हृदयाघातबाट मृत्यु भएको छ । उखुको बक्यौता माग गर्न काठमाडौँको माइतीघरमा १६ दिनदेखि आन्दोलनमा सहभागी सर्लाही धनकौलका उखु किसान ६५ वर्षीय नारायण राय यादवको मङ्गलवार हृदयाघातका कारण निधन भएको हो ।

    images

    यादवको सहिद गङ्गालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको हो । हृदयघात भएपछि चाबहिलको हेल्पिङ ह्याण्ड अस्पताल पुर्‍याइएका यादवलाई त्यहाँबाट गङ्गालाल रिफ गरिएको थियो । त्यहाँ पुर्‍याएको दुई घण्टामै उनको निधन भएको हो ।

    सोमबार सरकारले २१ दिन भित्रा रकम भुक्तानी गर्ने सम्झौता गरेको थियो । उक्त सम्झौताप्रति उनी असन्तुष्ट थिए ।

    मृतक यादवको अन्नपूर्ण चिनी मिलसँग २४ लाख बढी बक्यौता उठ्न बाँकी रहेको र १८ लाख रुपैयाँ बैङ्कको ऋण रहेको बुझिएको छ । यादवले बक्यौता नउठ्दासम्म आन्दोलन नछोड्ने बताउँदै आएका थिए । बाँकी बक्यौता उठाएर ऋण तिर्ने उनको योजना थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार