शनिबार, जेठ ५ गते २०८१

संसद विघटनको सिफारिस असंवैधानिक : कांग्रेस नेता रिजाल

संसद विघटनको सिफारिस असंवैधानिक : कांग्रेस नेता रिजाल

अखबार दैनिक
आइतबार, पुस ५ २०७७
  • संसद विघटनको सिफारिस असंवैधानिक : कांग्रेस नेता रिजाल

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले संसद विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन् ।

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएका थिए । नेता रिजालले भने बहुमतबाट अर्को प्रधानमन्त्री चुनिने अवस्था रहँदासम्म संसद विघटन हुन नसक्ने बताएका छन ।

    उनले भने, ‘यो संविधान विपरित कदम हो । प्रधानमन्त्रीले बहुमत गुमाएपछि सत्तावादी राजनीतिका लगि संविधान मिच्न थाल्नु भएको छ ।’

    आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रधानमन्त्रीले एकतर्फी निर्णय गरेपछि फेरी विरोध हुन थालेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार