संसद विघटन गर्ने मन्त्रिपरिषद् बैठकको सिफारिस लिएर प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुगेका छन् ।
आइतबार बिहान बसेको मन्त्रिपरिषदको बेठकबाट संसद विघटनको सिफारिस गर्ने निर्णय गरे लगत्तै ओलीले राष्ट्रपति समक्ष सिफारिस गर्न लगेका हुन् ।
मन्त्रिपरिषद् बैठकले मगंलबार जारी सवैधानिक परिषद् ऐन संशोधन अध्यादेश फिर्ता लिने र संसद विघटनको सिफारिस राष्ट्रपतिसमक्ष लैजाने निर्णय गरेको थियो । संसद विघटनबारे संविधानमा भने स्पष्ट उल्लेख गरिएको छैन ।