आइतबार, मंसिर ९ गते २०८१

अध्यादेश प्रकरणमा देउवा पनि मुछिए: कांग्रेसमा तरङ्ग

अध्यादेश प्रकरणमा देउवा पनि मुछिए: कांग्रेसमा तरङ्ग

अखबार दैनिक
बिहीबार , पुस २ २०७७
  • अध्यादेश प्रकरणमा देउवा पनि मुछिए: कांग्रेसमा तरङ्ग

    पुस २,

    images

    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवादका बीच आएको अध्यादेश प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेत मुछिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका स्थायी कमिटि बैठकमा अध्यादेशमा कांग्रेसको समर्थन भएको बताएपछि यसको तिर देउवातिर समेत सोझिएको छ ।

    ओलीले दोस्रोपटक ल्याएको संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार तथा बैठकसम्बन्धी कार्यविधि संशोधन गर्ने अध्यादेश फिर्ता गर्ने निर्णय नेकपाले गरिसकेको छ । तर बैठकमै देउवाको नाम जोडिएपछि कांग्रेस नेताहरूबीच यसले बहसको बिषय बनाएको छ ।

    आफ्नै पार्टीभित्रबाट संकटको सामना गरिरहेका प्रधानमन्त्री ओलीले यसपछि पनि अर्को कुनै ठुलो कसम नउठाउलान भन्ने पक्का नभएको नेकपाकै नेताहरूले बताइरहेका छन् ।

    प्रधानमन्त्री ओलीले विद्यमान संविधान, कानुन, ऐन संशोधन गरेर आफूअनुकूल बनाउँदै सर्वसत्तावादतर्फ उन्मुख हुँदै गइरहेको आरोप लगाइरहँदा त्यसैलाई पुष्टि हुनेगरी अध्यादेश ल्याएपछि त्यस खालको शंकालाई थप बल प्रदान गरेको छ ।

    स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गर्दै गर्दा प्रधानमन्त्री ओलीले कांग्रेसलाई पनि प्रकरणमा मुछेका छन् । एक स्थायी कमिटि सदस्यका अनुसार ओलीले अध्यादेशको बचाउ गर्दै विपक्षी दलका नेता शेरबहादुर देउवालाई समेत मुछेका छन् । उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सल्लाह गरेर नै अध्यादेश ल्याएको बताएका थिए । अर्थात् अध्यादेशमा कांग्रेसको समर्थन रहेको प्रधानमन्त्रीको प्रष्टोक्ति थियो ।

    प्रधानमन्त्री ओलीको भनाईलाई भने माधव नेपालले प्रतिवाद गरेका थिए । नेता नेपालले आफूले देउवासँग यसबीचमा कुरा गरेको तर, देउवाले अध्यादेशमा कुनै समर्थन नरहेको जवाफ दिएको बताएका थिए ।

    मङ्गलबार बिहान बसेको संवैधानिक परिषद्को बैठकमा देउवा उपस्थित थिए । सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि गणपूरक सङ्ख्या अपुग भएर बैठक स्थगित भएको थियो । लगत्तै अध्यादेश जारी भएपछि कतिपयले देउवासमेतको समर्थन रहेछ कि भन्ने शंका गरेका थिए ।

    प्रधानमन्त्रीको भनाइप्रति कांग्रेसले खण्डन गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीको आरोपको खण्डन गरेका हुन् । उनले विधिअनुसार संवैधानिक परिषद् बैठक राख्न सहयोग गरे पनि अध्यादेश ल्याउने, विधि र संविधान एकसाथ धरापमा पार्ने कुरामा प्रतिपक्षको कुनै समर्थन-सहयोग नरहेको स्पष्ट पारेका छन् ।

    विधिअनुसार डाकिएको ३० गतेको बैठकमा सभापति शेरबहादुर देउवा उपस्थित भएको र प्रधानमन्त्रीले अध्यादेश ल्याइसकेपछि उपस्थित नभएको बताएका छन् । शर्माले देउवा अध्यादेशको विरुद्धमा रहेको समेत बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार