सोमबार, वैशाख २४ गते २०८१

यस्तो छ मन्त्रीहरुलाई समेत थाहै नदिइ ल्याइएको नयाँ अध्यादेश (पूर्णपाठसहित)

यस्तो छ मन्त्रीहरुलाई समेत थाहै नदिइ ल्याइएको नयाँ अध्यादेश (पूर्णपाठसहित)

अखबार दैनिक
मंगलबार, मंसिर ३० २०७७
  • यस्तो छ मन्त्रीहरुलाई समेत थाहै नदिइ ल्याइएको नयाँ अध्यादेश (पूर्णपाठसहित)

    मंसिर ३०,

    images

    सरकारले मंगलबार संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेको छ ।

    अध्यादेशमार्फत संवैधानिक परिषदमा ३ जना मात्रै उपस्थित भए बैठक सञ्चालन गर्न मिल्ने व्यवस्था गरिएको छ । नयाँ अध्यादेशमा अध्यक्षसहित तत्काल बहालमध्ये बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्ने उल्लेख छ ।

    मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनको दफा ६ को उपदफा ३ लाई संशोधन गर्ने गरी सरकारले अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा परिषदको बैठकको लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्था गरेको हो ।

    मंगलबार सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिका कारण परिषद बैठक स्थगित भएको थियो ।

     

    पूर्णपाठ हेर्नको लागी यहाँ क्लिक गर्नुहोला

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ