आइतबार, जेठ ६ गते २०८१

ओली सरकारबिरुद्ध सडक तताउने युवा संघका संयोजक दिपशिखाको चेतावनी

ओली सरकारबिरुद्ध सडक तताउने युवा संघका संयोजक दिपशिखाको चेतावनी

अखबार दैनिक
मंगलबार, मंसिर ३० २०७७
  • ओली सरकारबिरुद्ध सडक तताउने युवा संघका संयोजक दिपशिखाको चेतावनी

    मंसिर ३०,

    images

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा (दिपशिखा)ले सरकारले ल्याएको अध्यादेश विरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिनुभएको छ ।

    पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त फिर्ता नभए आन्दोलन गर्ने उहाँले चेतावनी दिनुभएको हो ।

    ‘हामीलाई जनताले दिएको म्यान्डेड अनुसार संसदबाट कानुन बनाउने हो, अध्यादेशबाट देश चलाउने होइन,’ विराटनगरमा आज आयोजित नेकपा सम्बद्ध युवा विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘अध्यादेश फिर्ता नभए सडकमा आगो बल्छ, दुईजना चरि ढुक्कुर मिलेर जे पनि गर्न मिल्छ ?’

    सापकोटाले नेकपाको नेता कार्यकर्ताका लागि अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले भनेजस्तै रून पनि नपाइने अवस्था रहेको बताउनु भयो । नखाऊ दिनभरिको सिकार, खाउँ कान्छा बाबुको अनुहार जस्तो भएको छ, यहाँ बोलौं भने मात्रै पनि कान्छाबाबुको अनुहार देखिन्छ,’ सापकोटाले भन्नुभयो, ‘७० करोड खान खोज्नेहरुले नैतिकताको पाठ सिकाउने कस्ता दिन ?’ सापकोटाले नेकपामा अहिले देखिएको तेस्रो धार मिलाएर खानेहरुको भएको भन्दै माक्सवादले कुनै पनि बीचको कुरा नगर्ने बताउनु भयो ।

    कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले अर्काको कुरा नसुन्ने, आलोचना नसहने, आफूलाई देउता ठान्ने प्रवृत्ती अन्त्य गर्नुपर्नेमा जोड दिँदै नेकपालाई सरकारमा नेतृत्व गर्नेहरुले मण्डलले जस्तो बनाएको बताउनु भयो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार