बिहीबार , असोज ३ गते २०८१

सरकार ढाल्ने विराेधीका सपना पूरा हुने छैन- गृहमन्त्री रामबहादुर

सरकार ढाल्ने विराेधीका सपना पूरा हुने छैन- गृहमन्त्री रामबहादुर

अखबार दैनिक
सोमबार, मंसिर २९ २०७७
  • सरकार ढाल्ने विराेधीका सपना पूरा हुने छैन- गृहमन्त्री रामबहादुर

    मंसिर २९,

    images

    गृहमन्त्री रामबहादुर थापाले अहिलेको व्यवस्था र सरकार विरोधी गतिविधि केही समूहका मृगतृष्णा मात्रै भएको बताउनुभएको छ ।

    चितवनमा आयाेजित एक कार्यक्रममा उहाँले पछिल्लो समय कोभिड–१९ ले उत्पन्न गरेको सङ्कटबाट संविधानविरोधी शक्ति व्यवस्था र संविधानलाई उल्ट्याउने अवसर आएको निष्कर्षमा पुगे पनि तिनको सपना पूरा नहुने बताउनुभयाे ।

    नेपाली जनताले उनीहरुको सपना कदापि पूरा हुन नदिने उहाँको भनाइ थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य थापाले पार्टीभित्रको अन्तरविरोध स्वाभाविक प्रक्रिया भएको बताउँदै भन्नुभयो, ‘यो मतभेदले सरकार र पार्टीलाई अझै बढी सुदृढ गर्छ ।’ अहिलेको जारी स्थायी कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ