आइतबार, जेठ ६ गते २०८१

भ्रष्टाचारको प्रमाण भेटिए पद त्याग्छु : बिना मगर

भ्रष्टाचारको प्रमाण भेटिए पद त्याग्छु : बिना मगर

अखबार दैनिक
सोमबार, मंसिर २९ २०७७
  • भ्रष्टाचारको प्रमाण भेटिए पद त्याग्छु : बिना मगर

    मंसिर २९,

    images

    खानेपानी मन्त्री बिना मगरले आफूले भ्रष्टाचार नगर्ने प्रतिज्ञा गरेकी छन । उनले सामाजिक संजालमा लेख्दै आफूले भ्रष्टाचार नगर्ने र गरेको प्रमाण भेटीए पद त्याग गर्ने घोषणा गरेकी छन ।

    मन्त्री मगरले आफ्नो मन्त्रालय (खानेपानी मन्त्रालय) मा एक रुपैयाँ पनि भ्रष्टाचार भएको प्रमाण भेटिए आफूले पदबाट राजीनामा दिने घोषणा गरेकी हुन् ।

    सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले भ्रष्टाचार नगर्ने प्रतिज्ञा गरेकी हुन्। उनले देशलाई समृद्ध बनाएरै छाड्ने घोषणा पनि गरेकी छन् ।

    उनले सामाजिल संजालमा लेखेकी छन् , ‘आज म प्रतिज्ञा गर्छु- खानेपानी मन्त्रालयमा एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण देखाउनुस्, म राजीनामा दिन्छु । देश समृद्ध बनाएरै छाड्छौं,’ मन्त्री मगरले भनेकी छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार