सोमबार, वैशाख २४ गते २०८१

शोक प्रस्ताव पारित गरेर सकियो स्थायी कमिटी बैठक, अर्को बैठक पुस १ गते

शोक प्रस्ताव पारित गरेर सकियो स्थायी कमिटी बैठक, अर्को बैठक पुस १ गते

अखबार दैनिक
आइतबार, मंसिर २८ २०७७
  • शोक प्रस्ताव पारित गरेर सकियो स्थायी कमिटी बैठक, अर्को बैठक पुस १ गते

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ । नेकपा नेता कमान सिंह लामाको निधनमा शोक व्यक्त गरेर बैठक सकिएको हो ।

    images

    बैठक आज दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो । बैठकमा शोक प्रस्तावको विषय मात्र कार्यसूचीमा राखिएको थियो ।

    आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका थिए ।

    यसअघि मंसिर २१ गते पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा भने ओली सहभागी भएका थिएनन् ।

    अर्को बैठक पुस १ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ