शुक्रबार, असोज ४ गते २०८१

बडिगाडको केशपोखरी भ्यू टावर निर्माणको काम शुरु, मन्त्री लम्साल द्धारा शिलान्यास

बडिगाडको केशपोखरी भ्यू टावर निर्माणको काम शुरु, मन्त्री लम्साल द्धारा शिलान्यास

अखबार दैनिक
बुधबार, मंसिर २४ २०७७
  • बडिगाडको केशपोखरी भ्यू टावर निर्माणको काम शुरु, मन्त्री लम्साल द्धारा शिलान्यास



    बागलुङ
    बागलुङको बडिगाड गाउँपालिका वडा नं. ५ स्थित ग्वालीचौर केशपोखरीमा भ्यू टावर निर्माण गर्न लागिएको छ । गण्डकी प्रदेश सरकारको रु. ५० लाख र गाउँपालिकाको रु. ५० लाख गरि १ करोडको लागतमा  भ्यू टावर निर्माण गर्न लागिएको हो । 
       २५ सय मिटर उचाइमा रहेको केशपोखरी भ्यू टावरको शिलान्यास बुधवार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय विकास लम्सालले गर्नुभयो । सो अवसरमा मन्त्री लम्सालले उक्त भ्यू टावर आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने बताउनुभयो । “प्रकृति सँग रमाउने पर्यटकहरुका लागि यस क्षेत्र अत्यान्तै महत्वपूर्ण छ, यो पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्छ,मन्त्री लम्सालले भन्नुभयो,” यहा पर्यटक आवागमन जति वृद्धि हुन्छ, त्यतीनै आर्थीक गतिविधी बढ्दै जान्छ, यसको फाईदा तपाईहरुले नै लिने हो,” । पर्यटनको विकासले आर्थिक, सामाजिक, सांकृतिक लगायतका चौतर्फि उन्नति र प्रगतिको लागि टेवा पुग्ने मन्त्री लम्सालको भनाई थियो । उहाँले गण्डकी प्रदेश सरकारले नयाँ पर्यटकीय स्थलको पहिचान गर्दै तिनको पूर्वाधार निर्माणमा तिब्रताका साथ काम गरिरहेको समेत बताउनुभयो ।
    संविधानसभा सदस्य नरवहादुर थापा, प्रदेशसभा सदस्य माननीय चन्द्र बहादुर बुढाले पर्यटनको माध्यम बाट यस क्षेत्रका नागरिकहरुको दैनिक जिवनयापनमा परिर्वतन ल्याउन सकिने बताउनुभयो ।
    बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाईजाले पर्यटकहरुका लागि प्राकृतिक र सांस्कृति रुपमा धनी यस क्षेत्र घुम्नका लागि खुल्ला गरिएको बताउदै गाँउपालिकालाई पर्यटनसँग जोडन भ्यू टावर निर्माण गर्न लागिएको बताउनुभयो ।
    यस स्थान बाट प्यूठान, अर्घाखाची, गुल्मी, पाल्पा,रुकुम,रोल्पा र म्याग्दी जिल्लाका विभिन्न स्थानहरु सहित प्राकृतिक छटा तथा हिमशृखंलाहरुको दृश्यावलोकन गर्न सकिन्छ । केशपोखरी भ्यू टावर मध्यपहाडी लोकमार्ग बाट करिब २० कि.मी.उत्तर तर्फ पर्दछ । त्यहाँ पुग्ने पर्यटकले चमेरे र करुणा गुफाको अवलोकनका साथै मगर जातीको सांस्कृतिक कार्यक्रममा समेत रमाउन पाउने छन् ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ