बिहीबार , असोज ३ गते २०८१

ओली-प्रचण्ड बार्तामा नजिकिदैँ , माधव नेपाल पक्ष एक्लिदैँ

ओली-प्रचण्ड बार्तामा नजिकिदैँ , माधव नेपाल पक्ष एक्लिदैँ

अखबार दैनिक
बुधबार, मंसिर २४ २०७७
  • ओली-प्रचण्ड बार्तामा नजिकिदैँ , माधव नेपाल पक्ष एक्लिदैँ

    मंसिर २४,

    images

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र उत्पन्न बिवाद समाधानको बिषयमा बिषय केन्द्रित छलफल भएको छ । अध्यक्षद्वय ओली र प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।

    प्रधानमन्त्री ओलीको फोनपछि अध्यक्ष प्रचण्ड आज बालुवाटार जानुभएको हो । दुई अध्यक्षबीच करिब डेढ घण्टा भेटवार्ता भएको छ । सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको आरोपपत्र फिर्ता नलिएपछि दुइृ अध्यक्षबीच तिक्ततापुर्ण सम्बन्ध देखिएको अवस्थामा आजको भेटबार्तालाई तिक्तता त्यागेर सहमति तर्फको यात्रामा पर्काउने प्रयाशका रुपमा लिइएको छ ।

    नेकपाका दुई अध्यक्षबीच आरोप प्रत्यारोप सुरु भएसँगै भेटवार्ता पातलिएको थियो । स्थायी कमिटी बैठक सुरु भएपछि भएको नेकपाका दुई अध्यक्षले भेटवार्ता गर्नुलाई अर्थपूर्ण हेरिएको छ ।

    आजको भटमा ओली र प्रचण्डबीच स्थायी कमिटी बैठकबाट पार्टीको समस्यालाई निकास दिने बिषयमा छलफल भएको छ । शनिवार सचिवालयको बैठक बस्नु अघिल्लो दिन करिब २५ दिनपछि फोन सम्वाद गरेर २६ दिनमा भेटवार्ता गर्नुभएका ओली र प्रचण्ड पछिल्लो समयमा भेटबार्ता निकै कम हुने गरेको छ । पार्टीमा बढेको विवादका कारण दुबै अध्यक्षको आरोप र जवाफी पत्र सचिवालय हुँदै स्थायी कमिटीसम्म पुगेको छ ।

    नेकपाको स्थायी कमिटी बैठक २८ गते बस्दैछ । यो बीचमा नेताहरुबीच औपचारिक छलफलमा जुटेका छन् । ओली र प्रचण्डबीच पनि स्थायी कमिटी बैठकबाटै निकास दिने सहमतिमा पुग्नुभएको स्रोतले बतायो । दुई अध्यक्षले अव बिवादलाई थप लब्याउन नहुने र स्थायी समिति सदस्यहरुको भावनाअनुसार अघि बढने निश्कर्षसमेत निकालेको स्रोतले बतायो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ