बिहीबार , असोज ३ गते २०८१

पार्टीभित्रको घेराबन्दीलाई विफल पार्न ओलीको अर्को अस्त्र

पार्टीभित्रको घेराबन्दीलाई विफल पार्न ओलीको अर्को अस्त्र

अखबार दैनिक
बुधबार, मंसिर २४ २०७७
  • पार्टीभित्रको घेराबन्दीलाई विफल पार्न ओलीको अर्को अस्त्र

    मंसिर २४,

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार सर्वदलीय बैठक डाके । बैठकको एजेन्डा गणतन्त्रविरोधी र हिंसात्मक गतिविधि गर्नेविरुद्ध एकजुट हुने थियो । उनले त्यही अनुसार ब्रिफिङ गरे । ओलीले सवंदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलाएर सुझाव मागे ।

    बैठकमा अन्य दलका प्रतिनिधिले बोलेपनि आफ्नै दल नेकपाका प्रतिनिधिलाई ओलीले बोल्ने अवसर दिएनन् । उनीहरुले सुनेर मात्र बसे । ओलीले अहिलेको अवस्थामा किन सर्वदलीय बैठक डाके ? के साँच्चै राजावादीले गणतन्त्रलाई ठुलो चुनौती दिइसकेका छन् ? यो विषयबारे विश्लेषण हुनथालेको छ ।

    कतिपयले ओलीले सर्वदलीय बैठक डाकेर पार्टीभित्रबाट चलेको प्रहारबाट ध्यान अन्यत्र मोड्न खोजेको विश्लेषण गर्न थालेका छन् । उनले राजावादीको शक्ति बढेको देखाएर आफ्नै विरोधीलाई समेत तर्साउन खोजेको चर्चा छ । विशेषगरी प्रचण्ड र माधवकुमार नेपाललाई उनले डर देखाउन थालेका छन् । यसैलाई कारण देखाउँदै गणतन्त्रवादी शक्तिलाई एकजुट हुन आग्रह समेत गरेका छन् ।

    नेपाली काँग्रेस आन्दोलनमा जानलाग्दा उसलाई पनि रोक्ने ओलीको प्रयास छ । सडकमा राजावादी बढेबाट ओलीले काँग्रेसलाई पनि मिलेर जान आग्रह गरेका छन् । उनले हिजोको बैठकमा कडा आलोचनालाई सुन्ने धैर्यता पनि राखेका थिए । यसलाई अर्थपूर्ण मानिएको छ ।

    ओलीले विगतमा पनि सत्ता संकट आउँदा अनेनक राजनीतिक अस्त्र फालेका थिए । उनले कहिले उधारो आश्वासनहरु दिएर पार्टीभित्रको घेराबन्दी तोड्न सकेका थिए । यसपटक त्यसमा सफल बन्न सकेका छैनन् । उनले विकल्पमा अन्य राजनीतिक दलसँग समन्वय र सहकार्यलाई बढाउन थालेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता समिकरणबारे छलफल गरिसेका छन् । ओलीले यसरी पार्टीभित्र भएको प्रहारलाई असफल बनाउन राजनीतिक अस्त्रहरु नयाँ तरिकाले फालिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ