आइतबार, जेठ ६ गते २०८१

देशभर आंशिक बदली र हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

देशभर आंशिक बदली र हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

अखबार दैनिक
बुधबार, मंसिर २४ २०७७
  • देशभर आंशिक बदली र हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

    मंसिर २४,

    images

    अहिले प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका पुर्वी भू–भागहरु र प्रदेश न २ मा आंशिक बदली रहेको छ र बाँकि स्थानहरुमा मौसम सामान्यतय सफा रहेको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ ।

    आज दिउँसो प्रदेश नं १, प्रदेश न २, बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । राती प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरू र सुदुर पश्चिम प्रदेशको हिमाली भू–भागहरूमा आँशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदुर पश्चिम प्रदेशको हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    बिहिबार दिउँसो प्रदेश नं १ का पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली र प्रदेश न २ मा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ। राती प्रदेश नं १ का पहाडी भू(भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

    यस्तै शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पश्चिमी र मध्य उच्च हिमाली भूभागमा हल्का हिमपात र प्रदेश १ को पहाडी भूभागका एक–दुई स्थानमा हल्कारफाटफुट वर्षाको सम्भावना समेत रहेको छ । राती देशभर आंशिक देखि सामान्य बदली रही हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु–भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार