शुक्रबार, असोज ४ गते २०८१

बलेवामा प्याराग्लाईडिङ पूर्वाधारको मन्त्री लम्साल द्धारा शिलान्यास,प्याराग्लाईडिङ पर्यटनको महत्वपूर्ण आधार

बलेवामा प्याराग्लाईडिङ पूर्वाधारको मन्त्री लम्साल द्धारा शिलान्यास,प्याराग्लाईडिङ पर्यटनको महत्वपूर्ण आधार

अखबार दैनिक
मंगलबार, मंसिर २३ २०७७
  • बलेवामा प्याराग्लाईडिङ पूर्वाधारको मन्त्री लम्साल द्धारा शिलान्यास,प्याराग्लाईडिङ पर्यटनको महत्वपूर्ण आधार

     

    images

    बागलुङ २३ मङ्सिर 
     ः बागलुङको बलेवामा प्याराग्लाईडिङको व्यावसायिक उडान गर्ने गरी पूर्वाधार निर्माण थालिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले बागलुङको बलेवामा प्याराग्लाईडिङका लागि आवश्यक पूर्वाधार निर्माण थालको हो ।  आज एक कार्यक्रमका बीच बागलुङ नगरपालिका–१३ बलेवा स्थित प्याराग्लाईडिङ उडान (टेकअफ)गर्ने स्थान  पहरेमा गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पूर्वाधार निर्माणको शिलान्यास गर्नुभएको छ ।

     शिलान्यास पछि बोल्दै मन्त्री लम्सालले प्याराग्लाईडिङ पर्यटनको महत्वपूर्ण आधार भएको बताउनुभयो । “गण्डकी प्रदेशसले बागलुङ सहित पाँच स्थानमा प्याराग्लाईडिङको पूर्वाधार निर्माण थालेको छ,” मन्त्री लम्सालले भन्नुभयो “ शाहसीक पर्यटकहरुको गतिविधि बढ्दै गइरहेको सन्र्दभमा बागलुङको वलेवामा प्याराग्लाईडिङको राम्रो संभावना देखियो ।”

    मन्त्री लम्सालले बागलुङ धार्मिक तथा सांकृतिक रुपमा धनी भएको र अव शाहसिक पर्यटन संग जोडिदै गएको बताउनुभयो । उहाँले गण्डकी प्रदेशले घोषणा गरेका ११० पर्यटकीय गन्तव्यको पूर्वाधार, निर्माणमा आफू लागेको बताउनुभयो । 

    बागलुङ नगरपालिका–१३ बलेवा स्थित प्याराग्लाईडिङ उडान (टेकअफ)गर्ने र सोही वडाको बहरेमा अवतरण (ल्याण्ड) गर्ने गरी दुई पटक सम्म प्याराग्लाईडिकङको सफल परिक्षण गरिएको थियो । हावाको वेग मिल्ने र दृश्याअवलोकनमा राम्रो देखिएपछि गण्डकी प्रदेश सरकारले रु. २० लाख विनियोजन गरेर पुर्वाधार निर्माण थालेको बलेवा प्याराग्लाईडिङ पूर्वाधार निर्माण समितिका अध्यक्ष पदम बहादुर गिरीले जानकारी दिनुभयो । 

    गिरीका अनुसार २० लाख रकमबाट उडान गर्ने स्थानको धावनमार्ग सुधार, शौचालय, प्रतिक्षालय, कार्यालय लगायतका संरचना निर्माण गरिने छ । उक्त संरचना २ महिनाभित्रै निर्माण सम्पन्न गरी प्याराग्लाईडिङको संस्था दर्ता गर्ने कार्य समते अगाडी बढाइने बागलुङ नगरपालिका–१३ वडा अध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिनुभयो । प्याराग्लाईडिङ उडान गर्ने स्थान  एक हजार ८५४ मिटरको उचाईमा रहेको छ । शिलान्यास कार्यक्रममा  संविधानसभा सदस्य प्रकाश शर्मा पौडेल, नरवहादुर थापा, प्रदेश सांसद कृषण थापा,  सावित्रि राना, बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल लगायतले बागलुङको पर्यटनक्षेत्रका लागि आफूहरुले पहल गरिरहेको बताएका थिए ।  

    मन्त्री लम्सालले प्रसिद्ध धार्मीक पर्यटकीय स्थल भैरवथान को अवलोकन तथा निरक्षण गरी बागलुङ नगरपालिका–१० भकुण्डे स्थित अतिथि सत्कार घरवासले निर्माण थालेको  पार्कको समेत आज विहान शिालन्यास गर्नुभएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ