बिहीबार , असोज ३ गते २०८१

अतिरिक्त शुल्क लिने निजी अस्पताललाई कारबाही गरिने

अतिरिक्त शुल्क लिने निजी अस्पताललाई कारबाही गरिने

अखबार दैनिक
सोमबार, मंसिर २२ २०७७
  • अतिरिक्त शुल्क लिने निजी अस्पताललाई कारबाही गरिने

    मंसिर २२,

    images

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही निजी अस्पतालहरूले कोभिड–१९ को बहानामा बिरामीसँग अतिरिक्त शुल्क लिने गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा आज जारी सूचनामा बिरामीसँग अतिरिक्त शुल्क लिएको पाइएमा त्यस्ता अस्पताललाई कानुनअनुसार कारबाही गरिने जनाइएको छ ।

    कोभिड–१९ को सङ्क्रमणको समस्याले सबैलाई परेको यस्तो कठिन समयमा समेत केही निजी अस्पतालले बहिरङ्ग सेवालगायतका सबै किसिमका सेवामा केही प्रतिशत खर्च जोडेर शुल्क लिने काम गर्ने गरेको पाइएकाले तत्काल यस्तो काम रोक्न अनुरोधसमेत गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ