सोमबार, मंसिर १० गते २०८१

उद्योगहरु लाई व्यवस्थीत गर्न प्रदेश सरकार कटिबद्ध छ : मन्त्री लम्साल

उद्योगहरु लाई व्यवस्थीत गर्न प्रदेश सरकार कटिबद्ध छ : मन्त्री लम्साल

अखबार दैनिक
शनिबार, मंसिर २० २०७७
  • उद्योगहरु लाई व्यवस्थीत गर्न प्रदेश सरकार कटिबद्ध छ : मन्त्री लम्साल


    पोखरा
          गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्योगहरु लाई व्यवस्थीत तवरले सञ्चालन गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताउनुभएको छ । शनिवार फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्कीको १७ औं साधारणसभा तथा १० औं अधिवेशनको उद्घाटन गर्दै मन्त्री लम्सालले अव्यवस्थीत ढंग बाट सञ्चालीत उद्योगहरु लाई व्यवस्थीत ढंग बाट सञ्चालन गर्ने वातावरण सरकारले तयार पार्ने बताउनुभएको हो । व्यवसायीको हक हितको संरक्षण गर्नका लागि प्रदेश सरकार सधै कटिबद्ध रहेको बताउदै उहाँले निर्धक्कका साथ उद्योग धन्दामा लगानी बढाउन उद्योग व्यवसायीहरुलाई आग्रह समेत गर्नुभयो । “अब हामी जथाभावी रुपमा उद्योग सञ्चालन गर्न दिदैनौँ,कानुनको दायर भित्र ल्यायर सहज व्यवसाय गर्ने वातावरण मिलाउछौँ, मन्त्री लम्सालले भन्नुभयो,” तपाई निर्धक्कका साथ उद्योगमा लगानी बढाउनुहोस, सरकार सधैँ तपाईको साथमा छ” ।
       उद्योगहरु लाई व्यवस्थीत ढंग बाट सञ्चालन गर्न प्रदेश सरकारले एक स्थानीय तहमा, एक औद्योगिक ग्राम’ स्थापनाको योजना अगाडी बढाएको बताउनुभयो । मुलुकलाई समृद्ध बनाउने र रोजगारी सिर्जना गर्ने अभियानमा तत्परताका साथ लाग्न समेत उद्योगीहरुलाई मन्त्री लम्सालले आग्रह गर्नुभयो । उहाँले फर्निचर सामाग्रीहरु गुणस्तरीय र आकर्षक बनाउन समेत आग्रह गर्नुभयो ।
      फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्कीका अध्यक्ष प्रेमराज बसौलाले  फर्निचर व्यवसायलाई राज्यले संरक्षण र सहुलियत दिन नसकेको गुनासो गर्नुभएको थियो । सरकारले व्यवसायीमैत्री वातावरण बनाउन तर्फ ध्यानदिनुपर्ने उहाँको भनाई थियो ।

    images

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार