आइतबार, जेठ ६ गते २०८१

सम्झनाका हत्या आरोपित अस्पतालबाट प्रहरीलाई छलेर फरार

सम्झनाका हत्या आरोपित अस्पतालबाट प्रहरीलाई छलेर फरार

अखबार दैनिक
शुक्रबार, मंसिर १९ २०७७
  • सम्झनाका हत्या आरोपित अस्पतालबाट प्रहरीलाई छलेर फरार

    मंसिर १९,

    images

    मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामीको हत्याका आरोपित राजेन्द्र बोहरा अस्पतालबाट प्रहरीलाई छक्याएर भगेका छन् । बोहरा जिल्ला अस्पताल डोटीको आइसोलेसनबाट बिहीबार राति १० बजेतिर फरार भएका हुन् ।

    पुर्पक्षका लागि कारागार चलान भएका बोहोरालाई बाल सुधार केन्द्र डोटीमा राखिएको थियो । बाल सुधार गृहमा रहेका बोहोरालाई कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पताल डोटीको आइसोलेसनमा राखिएके थियो ।

    गत असोजमा जिल्लाको मष्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना बिकको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका बोहोरा जिल्ला अस्पताल डोटीको आइसोलेसनबाट राति १० बजेतिर फरार भएको जिल्ला प्रहरीप्रमुख एसपी जनक पाण्डेले बताए । प्रहरीका अनुसार उनी अस्पतालको आइसोलेसन कक्षको झ्याल फोरेर भागेका हुन् ।

    कोरोना संक्रमण भएपछि बोहरालाई मंसिर ६ देखि बालसुधार गृहबाट अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनको खोजीको लागि व्यापक मात्रामा प्रहरी परिचालन गरिएको एसपी पाण्डेले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार