मंसिर १८,
पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधन भएको छ । काठमाडौँको बानेश्वरस्थित घरमै उनको बिहीबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । स्वाँर केही दिन अगाडी कोरोना संक्रमण मुक्त भएका थिए । उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार हुँदैछ ।
राष्ट्रिय पञ्चायतका अध्यक्ष समेत रहेका स्वाँर जनमत संग्रहपछि सूर्यबहादुर थापा नेतृत्वमा गृहमन्त्री रहेर काम गरेका थिए । पञ्चायतमा पनि उदार खेमामा रहेका उनी जनमतसंग्रह पछि भने थापासँग नजिक भएका थिए ।
उनका दुई छोरा र चारजना छोरी छन् ।