शुक्रबार, असोज ४ गते २०८१

प्रचण्ड-नेपाललाई काउन्टर गर्न नयाँ रणनीतिमा प्रधानमन्त्री ओली

प्रचण्ड-नेपाललाई काउन्टर गर्न नयाँ रणनीतिमा प्रधानमन्त्री ओली

अखबार दैनिक
बिहीबार , मंसिर १८ २०७७
  • प्रचण्ड-नेपाललाई काउन्टर गर्न नयाँ रणनीतिमा प्रधानमन्त्री ओली

    मंसिर १८,

    images

    नेकपामा विवादको गहिराई बढ्दै जाँदा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने अडान राख्दै आएको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समूह पछिल्लो समय झनै कडा रूपमा प्रस्तुत हुन थालेका छन् ।

    प्रधानमन्त्री ओलीले पद नछाड्नका लागि जस्तोसुकै कदम चाल्न तयार भएको बताएपछि प्रचण्ड-नेपाल समूह थप सशक्त रूपमा प्रस्तुत भएको छ । प्रधानमन्त्री नेतृत्वको मन्त्रिपरिषदमै रहेका प्रचण्डनिकट नेताहरुले सार्वजनिक रुपमै ओलीको आलोचना र विरोध गर्न थालेका छन् ।

    वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्यद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको साथ पाएका प्रचण्ड अब ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्नुपर्ने निचोडमा पुगेको नेकपा स्रोत बताउँछ। प्रचण्डले आफूनिकट नेताहरुसँग यसबारे पटकपटक कुरा गरिसकेका छन् । बुधबार पनि ओलीको पूर्वनिर्धारित अरु खास व्यस्तता थिएन। तर यही तयारी बुझेकैले ओली बुधबारको बैठकमा अनुपस्थित रहेको स्रोत बताउँछ। बरु, पार्टीमा आफूविरुद्ध विकसित परिस्थितिको सामना कसरी गर्ने भन्नेबारे आफूनिकट नेताहरुसँग विभिन्न रणनीतिमा छलफल गर्न उनी व्यस्त थिए ।

    नेकपामा ओलीमाथि संकट आउँदा प्रायः लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेल काठमाडौं आइपुग्छन्। ओलीले सबैभन्दा विश्वास गर्ने पोखरेल नै उनीमाथिको संकट टार्न सक्रिय रहने गरेका छन्। पछिल्लो पटक ओलीको पक्षमा रणनीति बनाउन उनी सोमबार राति काठमाडौं आइपुगेका छन् । लामो समयदेखि बुटवलमै रहेका पोखरेल भैरहवाबाट यती एअरलाइन्सको नियमित उडानबाट काठमाडौं आउने तय भएको थियो तर, भैरहवामा जहाज बिग्रिएपछि नेपालगञ्ज–काठमाडौं उडानमा रहेको अर्को जहाजलाई भैरहवामा अवतरण गराएर राति साढे ९ बजे काठमाडौं पुगेका थिए ।

    केन्द्रीय सचिवालयमा अध्यक्षद्वय ओली र प्रचण्डबाट प्रस्तुत दुवै प्रस्तावलाई स्थगन गरेर एकीकृत प्रस्ताव ल्याउनुपर्ने बताउँदै आएका पोखरेल त्यही परिस्थिति सिर्जना गर्न सक्रिय रहेको स्रोत बताउँछ। प्रधानमन्त्री ओलीले सचिवालयमा प्रचण्डको प्रस्तावमाथि छलफल हुनै नसक्ने, दाहालले प्रस्ताव फिर्ता लिएर माफी माग्नुपर्ने अडान मंगलबारको बैठकमा राखेका थिए । तर, सचिवालयका अधिकांश सदस्य प्रस्तावमाथि छलफल हुनुपर्ने पक्षमा रहेकाले दाहालको प्रस्ताव फिर्ता हुने सम्भावना देखिएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ