शुक्रबार, असोज ४ गते २०८१

अपाङ्‍गतामैत्री संरचना निर्माण हुनुपर्छ : राष्ट्रपती

अपाङ्‍गतामैत्री संरचना निर्माण हुनुपर्छ : राष्ट्रपती

अखबार दैनिक
बिहीबार , मंसिर १८ २०७७
  • अपाङ्‍गतामैत्री संरचना निर्माण हुनुपर्छ : राष्ट्रपती

    मंसिर १८,

    images

    राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्‍गतामैत्री भौतिक संरचना निर्माण गर्नेतर्फ सम्बन्धित निकायको ध्यान केन्द्रित हुनुपर्ने बताएकी छन् । राष्ट्रपतिले अपाङ्‍गता भएका व्यक्तिहरूको २९औँ अन्तर्राष्ट्रिय दिवसमा देश विदेशमा रहेका फरक क्षमता भएका सबैलाई दिएको शुभकामना सन्देशमा सो कुरा उल्लेख छ । राष्ट्रपतिले अपाङ्‍गताप्रति समाजमा विद्यमान नकारात्मक धारणा न्यूनीकरण गर्न र अपाङ्‍गता भएका व्यक्तिप्रति समाज र सरोकारवालाको व्यवहारमा परिवर्तन ल्याउन यस दिवसको महत्तव रहेको चर्चा गरेकी छन् ।

    राष्ट्रपतिले भन्नुभएको छ, ‘फरक क्षमता भएका व्यक्तिहरूको दैनिक जीवन सहज तुल्याउन र सार्वजनिक सेवामा उनीहरूको सहज पहुँच स्थापित गर्न अपाङ्‍गतामैत्री भौतिक संरचना निर्माण गर्नेतर्फ सम्बन्धित निकायको ध्यान केन्द्रित हुनुपर्ने मैले महसुस गरेको छु ।’ उनले फरक क्षमता भएका व्यक्तिहरूको क्षमता र आवश्यकता अनुसारका रोजगारमूलक एवं सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउनेतर्फ ध्यान जानुपर्नेमा जोड दिएकी छन् ।

    अपाङ्‍गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन गर्ने तथा समावेशीकरण र सशक्तीकरणका लागि सामाजिक चेतना अभिवृद्धि गर्ने यस दिवसको उद्देश्य छ । विश्‍व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ लाई अपाङ्‍गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्‍वभर मनाउने गरिएको छ । यस वर्षको नारा ‘कोभिड–१९ पश्‍चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता : अपाङ्‍गता भएका व्यक्तिहरूको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिवद्धता’ तय गरिएको छ ।

    अवसरबाट वञ्चित अपाङ्‍गता भएका व्यक्तिहरूको पहिचान गरी राज्यबाट प्रदान गरिने सबै सुविधा र अवसरहरूमा उनीहरूको समान पहुँच स्थापित गरिनुपर्ने राष्ट्रपतिको सन्देशमा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ