बिहीबार , असोज ३ गते २०८१

श्रीमानलाई कोरोना पोजेटिभ भएको खबरले श्रीमतीको हृदयाघातबाट मृत्यु

श्रीमानलाई कोरोना पोजेटिभ भएको खबरले श्रीमतीको हृदयाघातबाट मृत्यु

अखबार दैनिक
बुधबार, मंसिर १७ २०७७
  • श्रीमानलाई कोरोना पोजेटिभ भएको खबरले श्रीमतीको हृदयाघातबाट मृत्यु

    मंसिर १७,

    images

    इलामको फाकफोकथुम गाउँपालिका–४ का डबलसिंह मगर कोरोना पोजेटिभ भएको खबरले उनकी श्रीमती अम्बीका मगरको हृदयाघातका कारण मृत्यु भएको छ । मगर कोरोना पोजेटिभ भएपछि विराटनगरको नोबेल अस्पतालमा उपचाररत थिए ।

    स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा उपचार गराइरहेका उनको मङ्सिर ८ गते भ्यान्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो । सोही दिन उनको स्बाव सङ्कलनको रिपोर्ट पोजेटिभ आएको थियो । उपचाररत उनलाई मङ्सिर १३ गते भ्यान्टिलेटरबाट निकालिए पनि १५ गते श्वासप्रश्वासमा समस्या र धड्कन अनियन्त्रित भएपछि अस्पतालले श्रीमती अम्बिकालाई जानकारी गराएको थियो । अस्पतालबाट आफ्ना श्रीमान्को खबर सुनेपछि अप्ठेरो महसुस गरेकी श्रीमतीलाई पनि उपचारका लागि अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भएको बताइएको छ ।

    उनकी श्रीमती अम्बिकाको यही मङ्सिर १५ गते हृदयाघातमृत्यु भएको बताइएको छ । श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमान्को पनि मृत्यु भएको छ । महेन्द्ररत्न बहुमुखी क्याम्पसमा कार्यरत मगरको गए राति मृत्यु भएको हो । उपचाररत मगरको पहिले कोरोना सङ्क्रमण पोजेटिभ थियो । यही मङ्सिर १५ गते पुनः गरिएको स्वाब परीक्षणको रिपोर्ट आइनसकेको स्वास्थ्य कार्यालय इलामका स्रोत व्यक्ति विमल बरालले बताए । श्रीमतीको हृदयाघातका कारण मृत्यु भएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ