सोमबार, जेठ ७ गते २०८१

अनियमितता आरोपमा नेपाल प्रहरीका एसपीद्वय र इन्स्पेक्टर निलम्बित

अनियमितता आरोपमा नेपाल प्रहरीका एसपीद्वय र इन्स्पेक्टर निलम्बित

अखबार दैनिक
बुधबार, मंसिर १७ २०७७
  • अनियमितता आरोपमा नेपाल प्रहरीका एसपीद्वय र इन्स्पेक्टर निलम्बित

    मंसिर १७,

    images

    ट्राफिक कार्यालयमा रहँदा अनियमितता गरेको आरोपमा नेपाल प्रहरीका दुई प्रहरी उपरीक्षक(एसपी) र एक प्रहरी निरीक्षक(इन्स्पेक्टर)लाई गृह मन्त्रालयले निलम्बन गरेको छ । एसपीद्वय विमल बस्नेत र रामेश्वरप्रसाद यादव तथा इन्स्पेक्टर मेघराज चौरसियालाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहले निलम्बन गरेको हो ।

    प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा हुँदा अनियमितता गरेको खुलेपछि उनीहरूलाई गृहले निलम्बन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । निलम्बन गरेर उनीहरूमाथि विभागीय कारबाही गर्न लागिएको छ । आफूमातहतकै प्रहरी कार्यालयहरूबाट मासिक रूपमा पैसा उठाएको पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार