आइतबार, जेठ ६ गते २०८१

नेकपाको सचिवालय बैठकको लागी विशेष तयारी

नेकपाको सचिवालय बैठकको लागी विशेष तयारी

अखबार दैनिक
मंगलबार, मंसिर १६ २०७७
  • नेकपाको सचिवालय बैठकको लागी विशेष तयारी

    मंसिर १६,

    images

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि बस्दैछ । आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छुट्टाछुट्टै प्रस्तुत गरेका प्रस्तावमा छलफल हुनेछ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिएका छन ।

    कात्तिक २८ गतेको बैठकमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावविरुद्ध प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीले मंसिर १३ गते जवाफी प्रस्ताव पेश गरेका थिए ।

    प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावको जवाफ नदिने, फिर्ता नलिएसम्म संवादसमेत नगर्ने बताएका ओलीले मंसिर ३ गते बसेको सचिवालय बैठकमा जवाफ दिनका लागि १० दिनको समय माग गरेका थिए । त्यसै अनुसार १३ गतेको बैठकमा लामो जवाफी प्रस्ताव पेश गरेका थिए । प्रचण्डले पार्टी एकतापछिका कुरामात्र समेटेकामा ओलीले पहिलेका राजनीतिक घटनाक्रममा प्रचण्डविरुद्ध प्रहार गरेका छन् । प्रचण्डले सरकार भ्रष्टाचारमा लिप्त भएको लगाएतका आरोपसहित ओलीले त्याग गर्नुपर्ने निष्कर्षसहित प्रतिवेदन पेश गरेका थिए ।

    आजको बैठकमा दुबै प्रस्तावमा छलफल गरेर एकीकृत प्रस्तावका लागि ओली पक्षले पहल गर्नेछ भने प्रचण्डसहित बहुमत पक्षले दुबै प्रस्तावलाई स्थायी कमिटी बैठकमा लैजाने तयारी छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार