शुक्रबार, असोज ४ गते २०८१

बिभिन्न दुर्घटनामा परी १० को मृत्यु, २५ जना घाइते

बिभिन्न दुर्घटनामा परी १० को मृत्यु, २५ जना घाइते

अखबार दैनिक
मंगलबार, मंसिर १६ २०७७
  • बिभिन्न दुर्घटनामा परी १० को मृत्यु, २५ जना घाइते

    मंसिर १६,

    images

    अछाम, चौरपाटी गाउँपालिका-७ मार्कुस्थित सडकमा ना.४ ख ९९७२ नम्बरको बस सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटना हुँदा बसमा सवार साँफेबगर नगरपालिका-३ बस्ने १७ वर्षीय निरज कुँवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका निरजको उपचारको लागि धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका चालक ४३ वर्षीय यज्ञराज पाण्डेय लगायत २० जनाको उपचार भईरहेकोमा उनीहरू मध्ये १२ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।

    रौतहट, चन्द्रपुर नगरपालिका-८ स्थित सडकमा ना. ३ ख ५७२२ नम्बरको ट्रकले साइकल र ना. ५४ प ७३३३ नम्बरको स्कुटरलाई सोमबार बिहान ठक्कर दिँदा स्कुटरमा सवार चन्द्रपुर नगरपालिका-८ मोतिपुर बस्ने ६५ वर्षीया देवकी देवी आचार्यको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी देवकीको चपुर प्रालि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करबाट घाइते भएका साईकल चालक र स्कुटर चालकको एपोलो सिटी अस्पतालमा उपचार भईरहेको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    मोरङ, ग्रामथान गाउँपालिका-१ बुढी पुलस्थित सडकमा को.१ त ८८१३ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा चालक हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुषको ट्याक्टरबाट घटनास्थलमै मृत्यु भएको छ ।

    रुपन्देही, कोटईमाई गाउँपालिका-३ मर्यादपुरस्थित सडकमा लु.१ ज ४४०२ नम्बरको पिकअपले लु.६१ प ८४३ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार मायादेवी गाउँपालिका-७ बस्ने ६० वर्षीया प्रभावती चाइको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको लागि भीम अस्पताल भैरहवातर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल, गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    रुपन्देही, रोहीणी गाउँपालिका-३ धकधईस्थित सडकमा ना.६ ख ५२ नम्बरको ट्रकले लु.३७ प ८१५५ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सिद्धार्थनगर नगरपालिका-१३ हाटवजार बस्ने ३५ वर्षीय दुर्गा बहादुर थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सप्तरी, खडक नागरपालिका-३ बनर्झुला गेट नजिक सडकमा हाल नम्बर नखुलेको सबारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका पैदलयात्री करिब ३५ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको रा.उ.स्मारक लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।

    महोत्तरी, औरही नगरपालिका-८ टिम्कियास्थित सडकमा ना.७ ख ४७३९ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँ बस्ने नागेन्द्र बैठाकी १२ वर्षीया छोरी रोशनी बैठाको घटनास्थलमै मृत्यु भएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    नवलपरासी९पश्चिम०, रामग्राम नगरपालिका-१२ पचगाँवस्थित सडकमा ना।१ क ८८०९ नम्बरको ट्रकले ग.३ प ७९० नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका करिब २५ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    नुवाकोट, तार्केश्वर गाउँपालिका-५ छागेखोलास्थित सडकमा बा.२७ प ८६५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई खोल्सामा खसेर आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-६ डाँडाखर्क बस्ने ५५ वर्षीय रामबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको छ ।

    मोरङ, बिराटनगर महानगरपालिका-४ स्थित धिताल पेट्रोलपम्प अगाडि सडकमा स.१च ११२२ नम्बरको एम्बुलेन्स सोही ठाउँस्थितमा रोकी राखेको एन एल ०१एल०३३६ नम्बरको भारतीय लहरीमा सोमबार बिहान ठोक्किएर दुर्घटना हुँदा सप्तरी तिलाठी कोईलाडी गाउँपालिका-२ बस्ने ६५ वर्षीय नुनुलाल मण्डलको मृत्यु भएको छ ।

    दुर्घटना गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार रहेका दुवै सवारी चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले उद्दार एवं थप अनुसन्धान गरिरहेको छ ।

     

    स्रोत : नेपाल प्रहरी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ