शुक्रबार, असोज ४ गते २०८१

वन्यजन्तु उद्दारको लागि वाइल्ड लाइफ एम्वुलेन्स सञ्चालन

वन्यजन्तु उद्दारको लागि वाइल्ड लाइफ एम्वुलेन्स सञ्चालन

अखबार दैनिक
सोमबार, मंसिर १५ २०७७
  • वन्यजन्तु उद्दारको लागि वाइल्ड लाइफ एम्वुलेन्स सञ्चालन

    पोखरा
      कास्कीमा वन्यजन्तु उद्दारको लागि वाइल्ड लाइफ एम्वुलेन्स सञ्चालन गरिएको छ   । घाइते जंगली जनावरको उद्दार गर्ने, उपचार गर्न र झुक्किएर वा भागेर मानव वस्तीमा आइपुगेका जंगली जनावरहरुको उद्दार गर्न उक्त एम्वुलेन्स प्रयोग हुने छ ।

    images

        एम्वुलेन्सले जंगली जनावरहरुको छिटो र सुरक्षित उद्दार गर्न मद्दत पुग्ने डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार वरालले बताउनुभयो । उहाँका अनुसार कुनै पनि ठाउँमा जंगली जनावर घईते अवस्थामा फेला परे तथा भागेर मानव वस्ती तिर आएमा त्यसलाई लगेर पचभैयामा रहेको मिनी जुमा राखिनेछ । मिनी जुमा घाईते अवस्थाको वन्यजन्तुलाई उपाचार गर्ने प्रवन्ध मिलाईएको छ ।  सुरक्षित ट्रलि समेत जडान भएको एम्वुलेन्सलाई वन्यजन्तुसँग मिल्दो जुल्दो चित्र टाँसेर सजाइएको छ ।
    वाइल्ड लाइफ एम्वुलेन्स खरिदको लागि गण्डकी प्रदेश सरकारले झण्डै ४१ लाख रकम विनियोजन गरेको थियो । कुनैपनि स्थानमा आवश्यकता र भवितव्यमा प्रयोग गर्न सकिने वाइल्ड लाइफ एम्वुलेन्स गण्डकी प्रदेशमै पहिलो पटक सञ्चालन गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ