शुक्रबार, असोज ४ गते २०८१

एयरपोर्टमा जागिर लगाईदिने भन्दै करोडौंको ठगी

एयरपोर्टमा जागिर लगाईदिने भन्दै करोडौंको ठगी

अखबार दैनिक
आइतबार, मंसिर १४ २०७७
  • एयरपोर्टमा जागिर लगाईदिने भन्दै करोडौंको ठगी

    मंसिर १४,

    images

    नेपाल वायुसेवा निगमको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्यालयमा काम लगाइदिने प्रलोभनमा सर्वसाधारणबाट करोडौँको ठगी भएको खुलासा भएको छ ।

    आफूलाई नेपाल वायुसेवा निगमको शाखा अधिकृत बताउने सुरेश कुमार महतोले विमानस्थलस्थित कार्गो र अन्य विभिन्न निकायमा काम लगाइदिने भन्दै ६० जनाभन्दा बढी व्यक्तिहरूसँग रकम असुलेका छन् । उनीहरूबाट जनही कम्तीमा ६५ हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म लिइएको पीडितहरूको गुनासो छ ।

    वायुसेवा निगमका नाममा नक्कली लेटर प्याड र छाप बनाएर जागिरमा लगाइदिएको करार नियुक्ति पत्रसमेत जारी गरेका छन्–महतोले । गएको लकडाउनभन्दा केही समय अघि फागुन अन्तिम साता विभिन्न मितिमा जारी गरिएका ती नियुक्ति पत्रमा भिन्दाभिन्दै व्यक्तिहरूलाई भिन्दाभिन्दै पद र स्थानमा नियुक्ति दिइएको उल्लेख छ ।

    ६० जनाभन्दा बढीलाई दिइएको नक्कली नियुक्ति-पत्र

    महतोले ठगी धन्दामा ठुलै च्यानल प्रयोग गरेका छन् । जसबाट पीडितहरू उनीसँग प्रत्यक्ष चिनजानसमेत नभई ठगिएका देखिन्छ । गौशालास्थित सिलाइबुनाई संचालन गर्दै आइरहेकी सरिता राजवंशीको घरमा मानिसहरू जम्मा गराएर तीनै महिलामार्फत फर्म भराउने र रकम असुली समेत गर्ने गरेको प्रमाण फेला पारेको छ ।

    यसरी फसाइयो जागिरको लोभमा

    सिन्धुपाल्चोकको मांखा घर भई काठमाडौंको चाबहिल बस्दै आएकी सरस्वती पराजुली कामको खोजीमा थिइन् । आफ्नी आफन्तले वायुसेवा निगममा जागिर खुलेको र आफूले लगाइदिने मान्छे समेत चिनेको भन्दै उनलाई गौशालास्थित सरिता राजवंशीको घरमा लिएर गइन् । उनले आफ्नी साथी भनेर चिनाएकी ती महिलाले आवेदनको अन्तिम मिति भइसकेको भन्दै गत पुसमा सरस्वती र उनको आफन्तसंग जनही ६५ हजार रुपैयाँ लिइन् ।

    त्यति बेलै हेलमेठगीट लगाइरहेका मधेसी मूलका जस्ता देखिने एक व्यक्तिलाई ती महिलाले काम लगाइदिने रमेश सर उहाँ नै हो भन्दै चिनाएको सरस्वती बताउँछिन् । त्यसयता आफूले महतोलाई कहीँ कतै नभेटेको पीडितको गुनासो छ । चैत्रमा लकडाउन सुरु भएपछि बेला बेला सरितासँग सोधे पनि उनले हुँदै छ भन्ने खबर गर्थिन् । उनैले एक दिन साउनबाट काममा आउने गरी नियुक्ति पत्र आएको भन्दै दिएकी थिइन् । तर काममा बोलाउने वा जाने कुनै टुङ्गो नभएपछि आफूलाई ठगिएको आशङ्का लागेको सरस्वतीको भनाइ छ ।

    महतोले सरस्वतीलाई दिएको नक्कली नियुक्ति पत्र आफूलाई दिइएको नियुक्ति पत्र नक्कली भएको थाहा पाएपछि सरस्वती र उनकी आफन्तमात्रै होइन अरू पनि पीडितहरू झस्किएका छन् । आफूहरू पैसा बुझाउन जाँदा गौशालास्थित ती महिलाको घरमा अरू पनि थुप्रै मानिसहरू पैसा बुझाउन आएको उनीहरुको भनाइ छ ।

    महतोले सुरुमा सरिताका छोरालाई एयरपोर्टमा कार्गोको काम लगाइदिएर सरितालाई हातमा लिएको श्रोतले बतायो । त्यसपछि उनले सरिता र उनीजस्तै अन्य महिलाहरूको च्यानलमार्फत बेरोजगारहरू बटुल्ने र उनीहरूसँग पैसा उठाएर फरार हुने गरेको देखिएको छ ।

    आफू प्रत्यक्ष रूपमा नचिनिने र अरू मानिसहरुलाई अघि सारेर चिनजानका मान्छे जम्मा पार्न लगाएर ठग्ने महतोको सिकार रोजगारीको खोजीमा हिँडेका थुप्रै मानिसहरू भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ