मंगलबार, जेठ ८ गते २०८१

काठमाडौं आइपुगे चिनियाँ रक्षामन्त्री

काठमाडौं आइपुगे चिनियाँ रक्षामन्त्री

अखबार दैनिक
आइतबार, मंसिर १४ २०७७
  • काठमाडौं आइपुगे चिनियाँ रक्षामन्त्री

    मंसिर १४,

    images

    चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल आइपुगेका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । केही घण्टाका लागि काठमाडौं आएका उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । त्यसपछि उनी आजै काठमाडौंबाट फिर्ता हुनेछन् ।

    भारतीय विदेश सचिव नेपाल भ्रमण गरी फर्किएलगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको आगमनलाई कतिपय अर्थपूर्ण मानिएको छ । विमानस्थलबाट सीधै बालुटारस्थित चिनियाँ दूतावासमा जाने र केहीबेर आराम गरेपछि उनी औपचारिक भेटवार्ताका लागि निस्किने छन् ।

    सबैभन्दा पहिले उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट्ने कार्यक्रम छ । उनी दिउँसो दुई बजे जंगीअड्डा पुग्ने छन् । सबैभन्दा पहिले जंगीअड्डामा नेपाली सेनाको टोलीले चिनियाँ रक्षामन्त्री फेङ्हीलाई सम्मानगारथ अर्पण गर्ने छ । त्यसपछि उनले प्रधानसेनापति थापालाई शिष्टाचार कल (अफिस कल) गर्ने छन् । त्यसपछि चिनियाँ टोली र प्रधानसेनापति थापासहितको नेपाली सेनाको टोलीबीच द्विपक्षीय छलफल हुने छ ।

    जंगीअड्डापछि उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नेछन् । बालुवाटारपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने छन् । राष्ट्रपतिलाई भेटेपछि उनी सीधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गर्ने कार्यक्रम छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार