शुक्रबार, असोज ४ गते २०८१

अन्तराष्ट्रिय पर्वतीय सङग्रहालयमा मौरिस हर्जोक र मिङमा शेर्पा कक्ष, अन्नपूर्ण सफल आरोहणसँगै पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण उपलब्धि प्राप्तः मन्त्री लम्साल

अन्तराष्ट्रिय पर्वतीय सङग्रहालयमा मौरिस हर्जोक र मिङमा शेर्पा कक्ष, अन्नपूर्ण सफल आरोहणसँगै पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण उपलब्धि प्राप्तः मन्त्री लम्साल

अखबार दैनिक
शुक्रबार, मंसिर १२ २०७७
  • अन्तराष्ट्रिय पर्वतीय सङग्रहालयमा मौरिस हर्जोक र मिङमा शेर्पा कक्ष, अन्नपूर्ण सफल आरोहणसँगै पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण उपलब्धि प्राप्तः मन्त्री लम्साल


    गण्डकी, १२ मङ्सिर 
    ः पोखरा महानगरपालिका वडा नं १७ रातोपैह्रास्थित अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा प्रथम हिमाल आरोही मौरिस हर्जोक र  किर्तिमानी आरोही मिङमा शेर्पा कक्ष स्थापना गरिएको छ ।
    कक्षमा सन् १९५० मा प्रथम अन्नपूर्ण  आरोही मौरिस हर्जोकले आरोहणका अवसरमा खिचिएका ३३ वटा तस्वीर  तथा किर्तिमानी आरोही मिङमा शेर्पाले अरोहणमा प्रयोग गरेका एवम् प्राप्त उपलव्धीका सामग्री प्रदर्शन गरिएको छ ।
    नेपाल पर्वतारोहण संघको पहलमा संकलित तस्वीर र अन्य सामग्री कक्षको आज गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्साल र नेपालका लागि फ्रान्सका राजदूत फ्राँस्वाँ जेभी लेगर (ँचबलअयष्क ह्बखष्भच ीभनभच )ले संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।
    कार्यक्रममा मन्त्री लम्सालले माौरिस हर्जोकले आज भन्दा ७० बर्षअघि ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण सफल आरोहणसँगै पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण उपलब्धि प्राप्त भएको बताउँनुभयो ।
    “प्राकृतिक, सांस्कृतिक एवम् साहसिक पदयात्राको प्रचुर सम्भावना युक्त नेपाललाई हर्जोकले विश्वसामु परिचित गराएको बताउँदै उहाँले हर्जोकका परिवारले आरोहणका अवसरमा खिचिएका तस्वीर उपलव्ध गराएर थप गुन लगाउनुभएको उल्लेख गर्नुभयो ।
    विश्वव्यापी पैmलिएको कोरोना भाइरसका कारण गण्डकी प्रदेशलाई मात्र १४ करोड भन्दा भन्दा बढी घाटा भएको बताउँदै उहाँले सरकारले पर्यटन प्रवद्र्धनका लागि आवश्यक भौतिक संरचना निर्माणलाई प्राथमिकता राखेको जानकारी दिनुभयो ।
    गण्डकी प्रदेश अन्तर्गत धौलागिरी हिमालमा आज भन्दा ६० बर्ष अघि दुर्घटना भएको स्वीस विमानलाई उद्धार गरेर संग्रहालयमा प्रदर्शन गर्ने पहल भई रहेको जानकारी दिदै  उहाँले त्यसका लागि तीन करोड भन्दा बढी रकम लाग्ने अनुमान गरिएको बताउनुभयो ।
    नेपालका लागि फ्रान्सका राजदूत फं्रास्वा जाभियर लेगरले फान्सेली नागरिक मौरिस हर्जोकले गर्नुभएको प्रथम अन्नपूर्ण आरोहणले दुईदेश बीच कायम दौत्य सम्बन्ध प्रगाढ बनाएको बताउनुभयो । संग्रहालयको विकासमा दुतावासबाट सक्दो सहयोग गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
    “नेपाल पर्वतारोहण संघको  अनुरोध एवम् दूतावासको पहलमा मौरिस हर्जोकको परिवारबाट उक्त तस्वीर उपलव्ध भएको हो” राजदूत लेगरले भन्नुभयो, “हर्जोक र शेर्पा कक्ष संग्रहालयको अवलोकनमा आउने पर्यटकको लागि थप आकर्षणको केन्द्र बन्नेछ ।”
    नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तविर लामाले सरकारले कोरोना भाइरसको महामारिलाई शिक्षाको रुपमा लिएर नेपाल भ्रमण बर्षलाई अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।
    पुर्खाले गरेको योगदानको उच्च कदर गर्दै हर्जोक परिवारले अन्नपूर्ण आरोहका अवसरमा खिचिएका फोटो संग्रहालयलाई उपलव्ध गराउनु भएकोमा आभार व्यक्त गर्दै उहाँले संग्रहालयमा प्रदर्शनका लागि अन्य सामग्री निरन्तर संकलन गर्दै प्रदर्शन गरिने जानकारी दिनुभयो । 
    कार्यक्रममा पोखरा महानगरपालिका वाड नं. १७ का वडा अध्यक्ष तिर्थराज अधिकारी, नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ किर्तिमानी आरोही मिङमा शेर्पा लगायतले सङ्ग्रहालयको विकासमा सवै क्षेत्रको साथ र सहयोगको आवश्यकता औल्याउनुभयो ।
    त्यसअघि मन्त्री लम्साल र राजदूत लेगरले संग्रहालयको अवलोकन गर्नुभएको थियो । कोरोना भाइरसका कारण आठ महिना अघिदेखि बन्द संग्रहालय यही मङ्सिर ९ गतेदेखि अवलोकनका लागि खुल्ला गरिएको छ । 
    (रासस)
     

    images


     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ