शुक्रबार, मंसिर ७ गते २०८१

सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाउनुपर्छ : सभामुख अग्निप्रसाद सापकोटा

सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाउनुपर्छ : सभामुख अग्निप्रसाद सापकोटा

अखबार दैनिक
शुक्रबार, मंसिर १२ २०७७
  • सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाउनुपर्छ : सभामुख अग्निप्रसाद सापकोटा

    मंसिर १२,

    images

    प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाइनुपर्ने बताएका छन् । सङ्घीय संसद् सचिवालयद्वारा आज यहाँ आयोजित सङ्घीय संसद् र प्रदेशसभा सञ्चालन अनुभव आदानप्रदान एवं अन्तक्र्रिया कार्यक्रमको उद्घाटनमा उनले विधिविधान निर्माणमा जनताका भावना समेटिए मात्र संसद् सफल हुने धारणा व्यक्त गरे ।

    संविधानले आवश्यक मौलिक हकको व्यवस्था गरेको र लोकतन्त्रका सबै मूल्यमान्यता समेटेको उल्लेख गर्दै सभामुख सापकोटाले त्यसको कार्यान्वयनबाट जनताका अपेक्षा पूरा गर्न सकिने बताए । अर्को फरक प्रसङ्गमा उनले राजनीतिक दलमा लोकतन्त्रको राम्रो अभ्यास र प्रशिक्षण आवश्यकता रहेको औँलाए ।

    कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घले कानून नबनाएर प्रदेश र स्थानीय तहले काम गर्न सकेन भन्ने अवस्था नआओस् भनेर सङ्घीय संसद् तयार रहेको बताउँदै त्यसका लागि सरकारलाई पनि आग्रह गरे । उनले संविधानका मौलिक हक र समाजवादोन्मुख राजनीतिक लक्ष्य निरन्तर कार्यान्वयन गर्न सङ्घ, प्रदेश र स्थानीय तह सबैको भूमिका आवश्यक रहेको धारणा व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ