सोमबार, मंसिर ७ गते २०८३

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

अखबार दैनिक
सोमबार, मंसिर ७ २०८३
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौँ, ७ मङ्सिरः केही दिनदेखि लगातार घटेको सुनको मूल्य आज बढेको छ । सुनको मूल्य तोलामा रु चार हजार ८०० ले बढेको हो । चाँदीको मूल्य प्रतितोला रु ४५ ले उकालो लागेको छ ।    
        
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ४७ हजार ४०० कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु तीन हजार ११० निर्धारण गरिएको छ । आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ४२ हजार ६०० र चाँदी प्रतितोला रु तीन हजार ६५ मा कारोबार भएको थियो ।(रासस)

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ