आइतबार, मंसिर ६ गते २०८३

दुई मन्त्री र एक सांसदले गरे प्रधानमन्त्री बालेनलाई विमानस्थलमा बिदाइ

दुई मन्त्री र एक सांसदले गरे प्रधानमन्त्री बालेनलाई विमानस्थलमा बिदाइ

नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान, भोलि मोदीसँग उच्चस्तरीय भेटवार्ता

अखबार दैनिक
आइतबार, मंसिर ६ २०८३
  • दुई मन्त्री र एक सांसदले गरे प्रधानमन्त्री बालेनलाई विमानस्थलमा बिदाइ

    ६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको नियमित उडानमार्फत उनी नयाँदिल्ली प्रस्थान गरेका हुन्।

    प्रधानमन्त्री शाहलाई बिदाइ गर्न विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदिश खरेल पुगेका थिए।

    प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकार गरी ३४ सदस्य सहभागी छन्।

    यसैगरी, निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी भएको छ।

    नयाँदिल्लीस्थित नेपाली राजदूतावासका प्रवक्ता अम्बिका जोशीका अनुसार प्रधानमन्त्री शाहलाई भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम छ।

    भ्रमणको दोस्रो दिन मंसिर ७ गते प्रधानमन्त्री शाहको महत्वपूर्ण उच्चस्तरीय भेटघाट हुनेछ। बिहान १० बजे नयाँदिल्लीस्थित राजघाट पुगेर उनले महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन्।

    त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। वार्ताअघि दुवै प्रधानमन्त्रीबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता गर्ने तयारीसमेत छ।

    मोदीसँगको भेटमा नेपाल–भारतबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, पूर्वाधार विकास तथा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

    प्रधानमन्त्री शाहको यस भ्रमणलाई दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने र आर्थिक तथा विकास साझेदारीलाई नयाँ गति दिने अवसरका रूपमा हेरिएको छ।

    balen-4.jpg

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ