शनिबार, वैशाख २२ गते २०८१

आगामी तीन दिनको मौसम यस्तो रहनेछ

आगामी तीन दिनको मौसम यस्तो रहनेछ

अखबार दैनिक
शुक्रबार, मंसिर १२ २०७७
  • आगामी तीन दिनको मौसम यस्तो रहनेछ

    मंसिर १२,

    images

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । देशभर पश्चिमी वायुको प्रभावका कारण हाल देशको गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का अधिकांश भूभागमा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाले आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदलि रही पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ रहेको जनाएको छ । साथै, बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने, प्रदेश नं १ मा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    यसैगरी, शनिबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । भने, राति देशभर मौसम सामान्यतया सफा रहनेछ । यस्तै, आइतबार दिउँसो देशभर मौसम सामान्यतया सफा रहने र राति देशभर मौसम सामान्यतया सफा रहनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार