सोमबार, कात्तिक २३ गते २०८३

सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

अखबार दैनिक
आइतबार, कात्तिक २२ २०८३
  • सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

    चितवन, २२ कात्तिक: पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाँउपालिका-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा दुईतर्फी रूपमा सडक अवरुद्ध भएको छ । आज बिहान करिब १०:०० बजे पहिरो खसेको थियो ।    
        
    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ । उहाँले भन्नुभयो, “थप पहिरो खसेन भने छिट्टै सडक दुईतर्फी सञ्चालनमा आउँछ ।” सडकमा पहिरो खसेपछि सवारीसाधन रोकिएका छन् । रासस     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार