शुक्रबार, असोज ४ गते २०८१

नेकपालाई प्रचण्डले यहाँ पुर्‍याएका हुन् : रामकुमारी झाँक्री

नेकपालाई प्रचण्डले यहाँ पुर्‍याएका हुन् : रामकुमारी झाँक्री

अखबार दैनिक
मंगलबार, मंसिर ९ २०७७
  • नेकपालाई प्रचण्डले यहाँ पुर्‍याएका हुन् : रामकुमारी झाँक्री

    मंसिर ९,

    images

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की युवा नेत्री एवं सांसद रामकुमारी झाक्रीले पार्टी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इतिहास र आजको जबरजस्त नेता भएको टिप्पणी गरेकी छन् । एक अन्तर्वार्तामा झाक्रीले प्रचण्ड राजनीतिक ग्याम मेकर भएको पनि टिप्पणी गरिन् । आजको समयमा राजनीतिक अस्तित्वमा रहेर जतिले बर्दिफुली लगाउन पाएका छन् त्यसमा प्रचण्डको योगदान रहेको उनको दाबी छ । इतिहासमा प्रचण्डको योगदान नभएको भए सम्भवतः त्यो सम्भव नहुने झाक्रीको तर्क थियो । प्रचण्डले पृष्ठभूमिका गरेको सहयोग कसैले पनि भुल्न नहुने उनको धारणा छ ।

    ‘प्रचण्ड स्वीकारदा/नस्वीकारदा अथवा मान्दा/नमान्दा पनि एउटा जबरजस्त नेता हो । आज अस्तित्वमा भएर बर्दिफुली लाउनेहरू प्रचण्डको योगदान बिना कोही भएका होइनन्, ‘ उनले भनिन्, ‘त्यस कारण प्रचण्डप्रति प्रहार गर्दा हेक्का राखौं । इतिहासमा र आज प्रचण्ड जबरजस्त नेता हो र उहाँ ग्याम मेकर, च्यान्जर, प्लेयर सबै हो । अहिलेका पात्रहरू प्रचण्डको सहयोग विना भएका होइनन् ।’

    प्रचण्डमा केही कमजोरी रहेको भए पनि इतिहासले उनको भूमिकाले जबरजस्त नेता बनाएको झाक्रीले बताइन् । जनआन्दोलनपछि जति व्यक्तिले देशको नेतृत्व गर्न पाए त्यो सम्भव प्रचण्डको योगदानका कारण भएको उनको टिप्पणी छ । केही कमजोरीले अहिलेको महत्त्वपूर्ण राजनीतिकमा एक मेकर हुनबाट च्युत भएपनि जसलाई चाह्यो त्यसलाई बनाउन सक्ने खेलाडी प्रचण्ड हुन् भन्ने इतिहास सत्य भएको झाक्रीले बताइन् । अहिलेको परिवर्तनको मुख्य संवाहक प्रचण्ड भएको उनले बताइन् । ‘प्रचण्डले ज्यानको बाजी थापेर युद्ध नलडेको भय यिनीहरूलाई राजा ज्ञानेन्द्रले नख्खुको जेलमा कहिले ननिस्कने गरी कोची रहेको हुन्थे । अहिले जो जोले जे जे पद पाएका छन् त्यो सब प्रचण्डको कारण सम्भव भयको हो । खोलो तर्ने र लौरो फल्नेलाई म भन्न चाहन्छु खोला फेरी पनि आउन सक्छ र तर्नु पर्छ याद गर्नुस् । अहिलेको बर्दी र फुली बाट नामात्तिनुहोस,’ उनले भनिन् ।

    उनले पार्टी एकताको बायोलोजिकल मदर केपी ओली नभएको टिप्पणी पनि गरिन् । उनले पार्टी एकता प्रचण्डसहित अन्य नेताहरूको कारण मात्र सम्भव भएको बताइन् । झाक्रीले भनेकी छन्, ‘एकताको बायोलोजिकल मदर प्रचण्ड, वैचारिक हिसाबले झलनाथ खनाल, सूत्रधारको हिसाबले वामदेव गौतम र यसलाई टुंगोमा पुग्न सहयोगी भूमिका खेल्ने माधव नेपाल हुन् ।’ केपी ओलीले शक्तिशाली प्रधानमन्त्री बन्ने चाहनाले मात्र एकतालाई स्वीकारेको उनको टिप्पणी छ । प्रधानमन्त्री ओलीका पछिल्ला गतिविधि र अभिव्यक्तिले त्यसलाई पुष्टि गरेको उनले बताइन् । बायोलिकल मदर भएको भए केपी ओलीले ‘यु क्यान गो’ भन्न नसक्ने उनको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ