मंगलबार, जेठ ८ गते २०८१

चर्चित कमेडियन भारती र उनका पति हर्षलाई जमानतमा छोडियो

चर्चित कमेडियन भारती र उनका पति हर्षलाई जमानतमा छोडियो

अखबार दैनिक
मंगलबार, मंसिर ९ २०७७
  • चर्चित कमेडियन भारती र उनका पति हर्षलाई जमानतमा छोडियो

    मंसिर ९,

    images

    भारतीय चर्चित हाँस्य कलाकार भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई जमानतमा छाड्न अदालतले आदेश दिएको छ । गत शनिबार लागुपदार्थ प्रकरणमा पक्राउ परेका उनीहरूको मुद्दामा केही समयअघि भएको सुनुवाई गर्दै अदालतले यस्तो अनुमति दिएको हो ।

    नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले आइतबार हर्ष र शनिबार भारतीलाई पक्राउ गरेको थियो । आइतबारको सुनुवाईपछि भारतीलाई भायखला जेलमा लगिएको थियो । जहाँ उनी ४ डिसेम्बरसम्म रहने र त्यतिन्जेलसम्म उनका पति हर्ष तलोजा जेलमै बस्नुपर्ने भनिएको थियो ।

    तर अदालतको निर्णयपछि उनीहरू दुबै आफ्नो घर जान पाउने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । केहि दिनअघि एनसिबीले उनीहरूको घर तथा कार्यालयबाट ८६.५ ग्राम गाँजा बरामद गरेको थियो । उनीहरु दुबैले आफूहरूले गाँजा सेवन गर्ने गरेको समेत स्वीकार गरिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार