बिहीबार , कात्तिक १९ गते २०८३

प्रथम व्यास मेयर कपको उपाधि व्यास-१ लाई

प्रथम व्यास मेयर कपको उपाधि व्यास-१ लाई

अखबार दैनिक
बुधबार, कात्तिक १८ २०८३
  • प्रथम व्यास मेयर कपको उपाधि व्यास-१ लाई

    दमौली (तनहुँ), १८ कात्तिक: प्रथम व्यास मेयर कप फुटबल प्रतियोगिताको उपाधि व्यास नगरपालिका-१ ले जितेको छ । व्यास नगरपालिका नगर खेलकुद समितिको आयोजनामा मङ्गलबार व्यास-३ स्थित बिपी वनवाटिका खेलमैदानमा सम्पन्न फाइनल खेलमा व्यास-८ लाई १-० गोलअन्तरले पराजित गर्दै व्यास-१ ले पहिलो संस्करणको उपाधि आफ्नो नाममा लेखाएको हो ।    
        
    प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा व्यास-१ ले व्यास-८ विरुद्ध निर्णायक गोल गर्दै उपाधि चुमेको हो । उपाधिसँगै व्यास-१ ले नगद रु एक लाख प्राप्त गरेको छ । उपविजेता बनेको व्यास-८ ले नगद रु ७५ हजारमा चित्त बुझाएको छ ।    
        
    प्रतियोगितामा व्यास-१ र व्यास-८ ले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेका थिए । व्यास-८ ले सेमिफाइनलमा व्यास-७ लाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो भने व्यास-१ ले व्यास-६ लाई पराजित गर्दै उपाधि भीडन्त पक्का गरेको थियो ।    
        
    व्यास नगरपालिकाका १४ वटै वडाको सहभागिता रहेको प्रतियोगिताले स्थानीयस्तरमा फुटबल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा वडाबीच आपसी सद्भाव र एकता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याएको आयोजकको विश्वास छ ।    
        
    प्रतियोगिताको समापनका अवसरमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । खेलकुदले युवाको प्रतिभा प्रस्फुटन गराउनुका साथै अनुशासन, एकता र स्वस्थ समाज निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।    
         
    त्यस्तै, व्यास-६ का वडाध्यक्ष एवं नगर खेलकुद समितिका अध्यक्ष जीवन गुरुङले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने खेलाडी, प्रशिक्षक, जनप्रतिनिधि, रेफ्री, आयोजक तथा खेलप्रेमी सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।(रासस)      

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार