बुधबार, कात्तिक १८ गते २०८३

इमरान, लोकेश र रसेलको विस्फोटक अर्धशतक, विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

इमरान, लोकेश र रसेलको विस्फोटक अर्धशतक, विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

अखबार दैनिक
मंगलबार, कात्तिक १७ २०८३
  • इमरान, लोकेश र रसेलको विस्फोटक अर्धशतक, विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

    १७ कात्तिक, काठमाडौं । इमरान शेख, लोकेश बम र आन्द्रे रसेलको उत्कृष्ट ब्याटिङमा विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्ससामु १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको हो।

    विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ रन बनाए भने ओपनर लोकेश बमले ५० रनको योगदान दिए। एनपीएल इतिहासमा एउटै खेलमा दुई नेपाली ब्याटरले अर्धशतक बनाएको यो पहिलो पटक हो।

    इमरानले ४५ बलमा ५ चौका र २ छक्का प्रहार गरे। त्यस्तै लोकेशले ४० बलमा ३ चौका र ३ छक्काको मद्दतमा अर्धशतक पूरा गरे।

    ओपनर शेहान जयासूर्या टोलीको स्कोर २ रन हुँदा आउट भएपछि क्रिजमा आएका इमरानले लोकेशसँग मिलेर दोस्रो विकेटका लागि १०७ रनको महत्वपूर्ण साझेदारी गरे। जारी संस्करणमा यो पहिलो शतकीय साझेदारीसमेत हो।

    त्यसपछि मैदानमा आएका वेस्ट इन्डिजका विस्फोटक ब्याटर आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै अविजित अर्धशतक बनाए। उनले २९ बलमा २ चौका र ५ छक्काको मद्दतमा ५२ रन जोडे।

    शुभम रन्जाने ७ रनमा अविजित रहे। अन्तिम ओभरहरूमा रसेलको आक्रामक ब्याटिङले विराटनगरलाई बलियो योगफलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्यो।

    बलिङतर्फ जनकपुर बोल्ट्सका अभिषेक तिवारीले २ विकेट लिए भने मोइन अलीले १ विकेट हात पारे।

    अब १७५ रनको लक्ष्य पछ्याउँदै जनकपुर बोल्ट्स मैदानमा उत्रिनेछ। विराटनगरले उत्कृष्ट ब्याटिङबाट बनाएको योगफल जोगाउने चुनौती जनकपुरसामु रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ