मंगलबार, जेठ ८ गते २०८१

अन्ततः ट्रम्पले स्वीकार गरे बाइडनको जित

अन्ततः ट्रम्पले स्वीकार गरे बाइडनको जित

अखबार दैनिक
मंगलबार, मंसिर ९ २०७७
  • अन्ततः ट्रम्पले स्वीकार गरे बाइडनको जित

    मंसिर ९,

    images

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित जो बाइडनको जित स्वीकार गरेका छन् । ट्रम्पले बाइडनलाई कार्यभार सम्हाल्नका लागि औपचारिक सत्ता हस्तान्तरण सुरु हुनसक्ने स्वीकार गरेका हुन् । तर चुनावी परिणामविरुद्ध उनले आफ्नो कानुनी लडाईँ भने जारी रहने बताए ।

    अमेरिकी राज्य मिशिगनमा राष्ट्रपति निर्वाचित जो बाइडनको जित औपचारिक रूपमा प्रमाणित भएसँगै मत परिणामलाई चुनौती दिने डोनल्ड ट्रम्पको प्रयासमा गम्भीर धक्का लागेको छ ।

    जिएसएले बाइडन समूहलाई प्रक्रिया सुरु गर्ने भनी जानकारी दिएपछि ट्रम्पले ट्वीट गरेका छन् । ट्रम्पद्वारा नियुक्त प्रशासक इमिली मर्फीले राष्ट्रपति निर्वाचित बाइडनका निम्ति ६३ लाख डलरको कोष उपलब्ध गराउने बताएकी छन् । उनले प्रक्रियागत ढिलाइ गर्न आफूलाई ह्वाइट हाउसबाट कुनै दबाव नआएको जनाएकी छन् ।

    डिसेम्बर १४ मा बाइडनको जित अमेरिकी इलेक्टरल कलेजबाट प्रमाणित हुँदैछ । बाइडनले ज्यानुअरी २० मा शपथ लिनेछन् । उनले आफूले सरकारमा प्रमुख भूमिका दिन चाहेका व्यक्तिहरूको नाम चयन गर्न सुरु गरेका छन् । पूर्वविदेश मन्त्री जोन केरीले जलवायुसम्बन्धी विशेष दूतको भूमिका निर्वाह गर्ने छन् । चार वर्षअघि अमेरिकाको तर्फबाट उनैले प्यारिस सम्झौतामा हस्ताक्षर गरेका थिए । तर ट्रम्प उक्त सम्झौताबाट पछि हटेका थिए । यसअघि सशक्त रूपमा अन्तर्राष्ट्रियवादमा विश्वास गर्ने एन्टोनी ब्लिङ्केनको नाम विदेशमन्त्रीको रूपमा प्रस्तुत गरिसकिएको छ ।

    बीबीसी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार