आइतबार, जेठ ६ गते २०८१

प्रचण्डले भेटे चिनियाँ राजदूतलाई

प्रचण्डले भेटे चिनियाँ राजदूतलाई

अखबार दैनिक
सोमबार, मंसिर ८ २०७७
  • प्रचण्डले भेटे चिनियाँ राजदूतलाई

    मंसिर ८,

    images

    सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद उत्कर्षमा पुगेका बेला पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डले चिनियाँ राजदूतलाई भेटेर भलाकुसारी गरेका छन् ।

    स्रोतका अनुसार प्रचण्डले सोमबार बिहान खुमलटारमा राजदूत यान्छीलाई भेटन् बोलाएका थिए ।

    नेकपामा विवाद बढ्दै जाँदा यसअघि पनि राजदूत यान्छीले सक्रियता देखाउने गरेकी थिइन् । यसपटक भने प्रचण्डले प रिस्थिती आफु अनुकूल पार्न स्वयं राजदूतलाई आफ्नै निवाशमा भेट्न बोलाएका छन् ।

    यसपालि पनि मंसिर २ गते साँझ राजदूत यान्छीले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेकी थिइन् । प्रधानमन्त्री ओली र यान्छीबीच भेट भएको अर्को दिन बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले १० दिनको समय मागेपछि बैठक १३ गतेसम्मका लागि स्थगित भएको छ । अध्यक्ष प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा पेस गरेको प्रतिवेदनको जवाफ दिन ओलीले समय मागेका हुन् । सचिवालय बैठक स्थगित भए पनि नेकपाको विवाद समाधानतिर जानुको साटो झन् बढ्दै जानेजस्तो देखिएका बेला प्रचण्डले चिनियाँ राजदूतलाई भेटन् बोलाएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार