आइतबार, जेठ ६ गते २०८१

प्रधानमन्त्री ओली आज ताप्लेजुङ र इलाम जाँदै

प्रधानमन्त्री ओली आज ताप्लेजुङ र इलाम जाँदै

अखबार दैनिक
सोमबार, मंसिर ८ २०७७
  • प्रधानमन्त्री ओली आज ताप्लेजुङ र इलाम जाँदै

    मंसिर ८,

    images

    प्रधानमन्त्री केपी शर्मा ओली आज काठमाडौंबाहिर जाँदैछन् । प्रधानमन्त्री ताप्लेजुङ र इलाम जान लागेको उनका प्रेस विज्ञ रामशरण बजगाईंले बताए । प्रधानमन्त्री ओलीले ताप्लेजुङ र इलामका विकास निर्माणका आयोजनाहरूको निरीक्षण गर्ने कार्यक्रम छ । सीमा क्षेत्रको समेत भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

    प्रधानमन्त्री ओली हेलिकप्टरमा गएर आजनै काठमाडौं फर्किनेछन् । गत फागुन २२ गते मिर्गौला प्रत्यारोपण गरिएपछि उनी दोस्रो पटक काठमाडौंबाहिर जान लागेका हुन् । यसअघि कात्तिक २६ गते प्रधानमन्त्री ओली संखुवासभा गएका थिए । गत मंसिर ५ गते उनी ताप्लेजुङ जाने कार्यक्रम तय भए पनि स्थगित भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार