बुधबार, कात्तिक ११ गते २०८३

काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासनबाटै नागरिकताको प्रतिलिपि, कुन प्रदेशका नागरिक कहाँ जाने?

काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासनबाटै नागरिकताको प्रतिलिपि, कुन प्रदेशका नागरिक कहाँ जाने?

अखबार दैनिक
बुधबार, कात्तिक ११ २०८३
  • काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासनबाटै नागरिकताको प्रतिलिपि, कुन प्रदेशका नागरिक कहाँ जाने?

    काठमाडौं, ११ कात्तिक। अब काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नेपाली नागरिकले पनि उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन्।

    नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ अनुसार नागरिकताको प्रतिलिपि जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट लिन सकिने व्यवस्था गरिएको हो।

    गृह मन्त्रालयको ९ कात्तिकको परिपत्रअनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकलाई सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको जनाएको छ।

    कुन प्रदेशका नागरिकले कहाँबाट सेवा लिने?

    • काठमाडौं जिल्ला प्रशासन कार्यालय: बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका नागरिकले सेवा लिन सक्नेछन्।

    • ललितपुर जिल्ला प्रशासन कार्यालय: कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाका नागरिकले सेवा लिन सक्नेछन्।

    • भक्तपुर जिल्ला प्रशासन कार्यालय: कोशी र मधेश प्रदेशका जिल्लाका नागरिकले सेवा लिन सक्नेछन्।

    आगलागीमा परी नागरिकता नष्ट भएको, पानीले भिजेर काम नलाग्ने भएको, हराएको, नयाँ ढाँचामा आवश्यक परेको वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने नागरिकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्नेछन्।

    नागरिकताको प्रतिलिपि जारी गर्नुअघि सम्बन्धित नागरिकताको विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) मा रुजु गरिनेछ।

    तर, अभिलेख नभेटिएको, अभिलेखमा उल्लेख भएभन्दा फरक नाम, थर वा जन्ममिति सच्याउनुपर्ने अथवा नागरिकतामा अन्य विवरण फरक भएको अवस्थामा सम्बन्धित जिल्लामै सम्पर्क गर्नुपर्ने हुन सक्छ। पहिलो दृष्टिमै शंकास्पद देखिएका नागरिकताको हकमा पनि नागरिकता जारी भएको जिल्लामा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।

    यस व्यवस्थाले काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका अन्य जिल्लाका नागरिकलाई नागरिकताको प्रतिलिपि लिन आफ्नै जिल्ला जानुपर्ने झन्झट कम गर्ने अपेक्षा गरिएको छ।

    940x380-अन्य_जिल्लाको_नेपाली_नागरिकताको_प्रतिलिपि_सम्बन्धी_सूचना.jpg

    अन्य जिल्लाको नेपाली नागरिकताको प्रतिलिपि सम्वन्धमा सूचना !

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ