शुक्रबार, असोज ४ गते २०८१

सप्तरीमा जङ्गली हात्ती मृत फेला

सप्तरीमा जङ्गली हात्ती मृत फेला

अखबार दैनिक
आइतबार, मंसिर ७ २०७७
  • सप्तरीमा जङ्गली हात्ती मृत फेला

    मंसिर ७,

    images

    सप्तरीको कञ्चनरूप नगरपालिका–५ परेमारामा आज एउटा जङ्गली हात्ती मृत फेला परेको छ । बिजुली बत्तीको करेन्ट लागेर परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती मृत भेटिएको स्थानीय बच्चुलाल चौधरीले बताए ।

    पूर्व पिप्रा धरमपुर घोघनपुर उपभोक्ता समितिका अध्यक्षसमेत रहेका चौधरीका अनुसार ११ केभीको विद्युत् प्रसारण लाइनको तारमा अल्झिएको अवस्थामा हात्ती मृत भेटिएको हो ।

    ‘नजिकै रहेको कोशीटप्पु वन्यजन्तु आरक्षको जङ्गलबाट आएर गाउँमा मृत अवस्थामा हात्ती भेटिएको हो’, उनले भने, ‘हात्तीको शरीरले बिजुलीको तार किचिएर पोलसमेत झुकेको छ ।’ उनले हात्तीको अन्य कुनै भागमा चोटपटक नभएको जनाउँदै करेन्टकै कारण मरेको हुनसक्ने बताए ।

    घटनास्थलमा आरक्षका सहायक वार्डेन सन्तोष भगत पुगेका छन् । मृत हात्तीलाई कानूनी प्रक्रिया पूरा गरेर मरेकै स्थानमा खाल्डो खनेर गाडिने सहायक वार्डेन भगतले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ