सोमबार, कात्तिक १० गते २०८३

माथिल्लो माछाखोला जलविद्युत आयोजनाको विद्युत प्रसारण पुनः सञ्चालनमा

माथिल्लो माछाखोला जलविद्युत आयोजनाको विद्युत प्रसारण पुनः सञ्चालनमा

अखबार दैनिक
सोमबार, कात्तिक १० २०८३
  • माथिल्लो माछाखोला जलविद्युत आयोजनाको विद्युत प्रसारण पुनः सञ्चालनमा

    गोरखा । बुढीगण्डकी नदीमा आएको भीषण बाढीका कारण विद्युत प्रसारण लाइनका टावरहरूमा क्षति पुगेपछि अवरुद्ध भएको विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा सञ्चालित ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला साना जलविद्युत आयोजनाको विद्युत प्रसारण पुनः सञ्चालनमा आएको छ।

    गत असोज ११ गते आएको बाढीले आयोजनाको प्रसारण लाइनका टावरहरूमा क्षति पुर्‍याएपछि विद्युत प्रसारण अवरुद्ध भएको थियो। क्षतिग्रस्त टावरहरूको मर्मतसम्भार सम्पन्न भएपछि २०८३ कार्तिक ८ गते बिहान ११:०८ बजेदेखि आयोजनाको विद्युत प्रसारण पुनः सञ्चालनमा आएको कम्पनीले जनाएको छ।

    प्रसारण लाइनको मर्मतसम्भार पूरा भएसँगै आयोजनाबाट उत्पादित विद्युत पुनः प्रसारण हुन थालेको हो।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ