बिहीबार , असोज ३ गते २०८१

वरिष्ठ शल्यचिकित्सक डा. ध्रुव मुडभरीको कोरोनाबाट निधन

वरिष्ठ शल्यचिकित्सक डा. ध्रुव मुडभरीको कोरोनाबाट निधन

अखबार दैनिक
आइतबार, मंसिर ७ २०७७
  • वरिष्ठ शल्यचिकित्सक डा. ध्रुव मुडभरीको कोरोनाबाट निधन

    मंसिर ७,

    images

    वरिष्ठ चिकित्सक डा. ध्रुव मुडभरीको कोभिड–१९ सङ्क्रमणबाट निधन भएको छ ।

    पिसीआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहेका ७७ वर्षीय डा. मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ॐ अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचारका क्रममा शनिवार उनको निधन भएको छोरी अनुजा शर्माले जानकारी दिइन् ।

    राजविराज, भैरहवा, बुटवल, पोखरा र काठमाडौँको वीर अस्पतालमा सरकारी शल्य चिकित्सकका रूपमा झण्डै २५ वर्ष सेवा पुर्याएका डा. मुडभरी ॐ अस्पतालका संस्थापक थिए । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् । स्व. मुडभरीको शनिवारै पशुपतिमा अन्त्येष्टि गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ