सोमबार, असोज २६ गते २०८३

ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ८४ हजार

अखबार दैनिक
सोमबार, असोज २६ २०८३
  • ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ८४ हजार

    ताप्लेजुङ, २६ असोजः ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन (४० किलोग्राम) को रु ८४ हजारका दरले कारोबार भइरहेको छ ।    
        
    चालु सिजनको सुरुआतमा प्रतिमन रु ९६ हजारसम्ममा कारोबार भएको अलैँचीको मूल्य क्रमशः घटेको छ । एक साताअघि रु ८८ हजारका दरले कारोबार भएको अलैँचीको मूल्य अहिले घटेर रु ८४ हजारमा कारोबार भइरहेको व्यवसायीले बताएका छन् ।    
        
     नयाँ उत्पादन आउन थालेसँगै मूल्य घट्न थालेको हो । सिजनको सुरुआती समयमा अलैँचीको मूल्य रु ९६ हजारमा कारोबार भएको थियो ।    
        
    अलैँची व्यवसायी बालमणि बरालका अनुसार अहिले ओसिलो क्षेत्रका बगानबाट उत्पादित अलैँची बजारमा आइरहेको छ । उच्च क्षेत्रमा भने अलैँची पाक्न अझै केही समय लाग्ने उहाँले बताउनुभयो । “ओसिलो क्षेत्रको अलैँचीले सुरुआती समयमा राम्रो मूल्य पायो । त्यसपछि मूल्यमा उतारचढाव हुँदै अहिले सदरमुकाम फुङलिङमा प्रतिमन रु ८४ हजारमा कारोबार भइरहेको छ,” उहाँले भन्नुभयो ।    
        
    ताप्लेजुङका अधिकांश क्षेत्रमा अलैँचीखेती हुँदै आएको छ । यहाँको प्रमुख नगदेबालीका रूपमा रहेको अलैँचीको मूल्यमा हुने परिवर्तनले किसानको आम्दानीमा प्रभाव पार्ने गरेको छ । नयाँ उत्पादन बजारमा आउने क्रम बढेसँगै अलैँचीको मूल्यमा थप उतारचढाव हुनसक्ने व्यवसायीको अनुमान छ । रासस  

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ